कन्दराको ‘चन्द्र कोटकी नानी’ इन्टरनेटमा

पोखरा  ६ साउन/ लोकप्रिय सांगीतिक समूह कन्दरा व्यान्डले ‘चन्द्र कोटकी नानी’ बोलको नयाँ गीतको ज्याम अप भर्सन इन्टरनेटमा अपलोड गरेको छ । गीत रेकर्ड हुनु अगावै यसलाई सार्वजनिक गर्ने योजनाअनुसार यसअघि नै कन्दराले ‘भेडीगोठैमा’ बोलको गीत यूट्यूबमा हालेको थियो ।kadara-1024x683
स्टेरियो रेकर्डस्ले कन्दराको गीतलाई बजारमा ल्याउँदैछ । यसअघि यो ब्यान्डले ‘लेककी हे माया’ नाम गीतबाट २१ वर्षअघि ठूलो चर्चा बटुलेको थियो । केही समयपछि कन्दरा गायन समूहले ‘हङकङ पोखरा’ बोलको चर्चित गीत बजारमा ल्यायो । लामो समयको ब्रेकपछि सन् २००६ मा फेरि कन्दरा फर्किएको थियो ।

‘तगारोमा रुमाल राखी’ बोलको अर्को चर्चित गीतमार्फत नेपाली सांगतिक क्षेत्रमा चम्किएको कन्दरा यसपटक पनि आफ्नो लोक–पप शैलिकै गीत लिएर आएको छ । ‘चन्द्र कोटकी नानी’ गत वर्ष दिवंगत भएका गीतकार विनोद गौचनप्रति श्रद्धान्जली व्यक्त गर्दैै ल्याइएको गीत हो । गीतमा उनको शब्द छ । ब्यान्डले नयाँ एल्बममा आफ्नो पुरानो ‘तिमी पारी’ गीतलाई समेत रिमेक गरेको छ ।

Comments are closed.