पहिलो पल्ट राजधानी भन्दा बाहिर स्ट्यान्ड अप कमेडि आयोजना गर्न सफल कमेडि क्लब पोखराले यही फागुन १ गते भ्यालेन्टाइनदिवसको अवसर पारेर पोखराको रोलिङ स्टोन्स बारमा मेगा कमेडि शो आयोजना गर्न लागेको छ। उक्त कार्यक्रमको मुख्य प्रायोजककुन्ति महल रहेको छ।
नेपालका चर्चित स्ट्यान्ड अप कमेडियन सजन श्रेष्ठ र बिशाल गौतम मेगा कमेडि शो को मुख्य आकर्षण रहेका छन्। त्यस्तै अन्यकमेडियन मा सुन्दर सुवेदी, अभिषेक लामिछाने, बिबेक गुरुङ, प्रबात अधिकारी, संगम लामिछाने रहेका छन्।
मेगा कमेडि शो फागुन १ (फेब्रुअरी १३) बिहिबार साँझ साढे छ बाट लेकसाईडको रोलिङ स्टोन्स बारमा हुनेछ।
कमेडि कल्ब पोखराका अध्यक्ष सुन्दर सुवेदीले कमेडि शो को टिकट मुल्य रु २०० रहेको र टिकटहरु कुन्ती महल, ब्रेक टाइम रेष्टुरेण्टरत्न चोक, बुलेट रेष्ट्रो एन्ड बार र रोलिङ स्टोन्समा पाईने बताउदैँ सम्पूर्ण कमेडि लभर्सलाई आफुहरुले मनोरञ्जन प्रदान गर्न तयार रहेकोजानकारी दिए।
स्टेजमा आफुले विभिन्न माध्यमबाट कलात्मक रुपमा दर्शकलाई हँसाउन सक्ने प्रतिभालाई नै स्ट्यान्ड अप कमेडि भनिन्छ । पछिल्लोसमय युवा सँगै नेपाली युवतीहरू पनि स्ट्यान्ड अप कमेडिमा आकर्षित भएका छन्।
Comments are closed.