खोलामा टिप्पर धुदा करेन्ट लागि २ जनाको मृत्यु,१जना घाइते

उत्तम पौडेल

पोखरा हटलाईन

असार ,९

मङ्गलबार बिहान  सवा नौ बजेको समयमा नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका-३ खोरोण्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा पछाडीको ढाला(बुम) उठाउदा माथी रहेको बिजुलीको तार छुन गई करेन्ट प्रवाह हुँदा उक्त ट्रकका चालक स्याङजा जिल्ला सेखम बस्ने वर्ष अंन्दाजी ३५ को भरत थापा र सह-चालक नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गाउँपालीका-५ धुर्कोट देउराली बस्ने वर्ष अंन्दाजी १६/१७ को आशिष बि.क.को घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा ले जनाएको छ ।साथै सोही स्थानमा लु २ ख ४४४८ नंम्वरको टिप्पर रोकी नुहाउने क्रममा उक्त टिप्पर चालक  कास्की जिल्ला पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने
वर्ष ४५ को कृष्ण बहादुर पाण्डेलाई पनि करेन्ट लागी घाईते भई उपचारको लागी  मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा को बिज्ञप्तिमा जनाइएको छ ।

Comments are closed.