२६ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति नबच्ने बताएका छन् ।,कर्णलीको सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलामा उनले सो कुरा बताएका हुन् ।उनले भनेका छन् अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने भनेर म कर्णाली आएको हुँ’, प्रचण्डले भनेका छन् ।लाखौ महिला एकैपटक सडकमा उत्रने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । साथै उनले महिलाको शक्तिशाली संगठन बनाउनुपर्ने पनि बताए ।
‘कर्णालीका प्रत्येक वडा–टोल सबैतिर संगठनको सञ्जाल निर्माण गर्नुस् र जरुरी पर्दा एकैचोटी लाखौ महिलाहरु सडकमा निक्लिन सक्ने गरी मोर्चा बनाउनुस्,’ उनले भने ।
प्रचण्डले अघि भने, ‘महिलामाथि हुने सबैखाले हिंसा, ज्यादती, असमानता र महिलालाई हेप्ने प्रवृत्तिका विरुद्ध सामूहिक रुपमा एउटा आन्दोलन छेड्नुस् ।’
महिलाहरुले अब वर्ग संघर्ष, उत्पादन र संगठन निर्माणको अभियानलाई एकसाथ उठाउनु पर्ने उनको भनाइ छ । प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका महिला नेता कार्यकर्तालाई भूमिका दिने पनि प्रतिवद्धता जनाए ।
अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने विषयमा छलफल हुने पनि उनको भनाइ छ ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको भन्दै परिवर्तनकामीहरु एक हुनुपर्ने बताए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीलाई परास्त गर्न महिलाहरु अघि बढ्नुपर्ने उनले बताए ।
‘अब महिलाहरुको विशाल समूह खडा गरौं र क्रान्ति सम्पन्न गर्ने मात्रै होइन, प्रतिक्रान्ति रोक्न सक्ने गरी परिचालित गरौं’ प्रचण्डले भने ।अनलाइन खबर
Comments are closed.