काठमाडौँ,
निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायमा गत चैत १५ गतेभित्र सरुवा वा काज पदस्थापन भएका कर्मचारीहरु खटिएका तत् तत् निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले वैशाख १५ गतेभित्र अनिवार्यरुपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा प्रदेश सरकारको कुनै मन्त्रालय, विभाग वा कार्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित संस्था वा निकायमा निर्वाचन आयोगले २०७८ फागुन १६ गते निर्देशन दिएको थियो । सो बमोजिम तत् तत् निकायमा हाजिर निर्देशन दिइएकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि वैशाख १५ गतेभित्र अनिवार्य रुपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि सरोकारवाला सबैमा निर्देशन दिइएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।
Comments are closed.