प्रकाश डोटेल/स्याङ्जा, २९ जेठ
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले नागरिकका नजरमा निजामति कर्मचारी अपहेलित हुनु कर्मचारीकै दोष रहेको बताएकी छन् । उनले नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रबाह गर्न नसक्दा अपहेलना सहनु परेको बताइन् ।
“एक दुई कर्मचारी निजामतिको मर्म र भावना विपरित काम गर्दा सबै कर्मचारी दोषी हुनुपरेको छ” जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रम बोल्दै प्रजिअ घिमिरेले भनिन्, “नागरिकले गरेको अपहेलनालाई दोहोरिन नदिन सबै चनाखो हुन आवश्यक छ ।”
“निजामती कर्मचारीको इतिहासमा वर्तमान समय हाम्रो अनुकुलमा छ” उनले भनिन्, “यहि समयलाई सदुपयोग गर्न सके कर्मचारीलाई लाग्ने गरेको आक्षेप शुन्य प्रायः गर्न सकिन्छ ।” जिल्लाभित्र रहेका सबै कर्मचारी एउटा टिम हो, टिममा एउटाले गल्ती गर्दा नतिजा शून्य हुने उनको जिकिर थियो ।
“नागरिकले सबै कुरा बुझेका हु“दैनन् कर्मचारीले नरम बोलिले सम्झाउ“नु पर्छ” सम्बाद शैलीमा बोल्दाबोल्दै प्रजिअ घिमिरेले निर्देशनात्मक शैलीमा जनताको नुन खाएकाले उनीहरुलाई दिने सेवा पनि सोहि अनुरुपको हुनुपर्छ । उनले भनिन्, “परिणाममुखी काम गर्न नसक्ने कर्मचारीबाट केहि आशा गर्न सकिदैन् ।”
कार्यक्रम सहभागि कर्मचरीहरुलाई ‘विकासमा सकारात्मक सोच’ का बारेमा प्रबचन दिर्दै प्रजिअ घिमिरेले घर छाडेर जागिर खान आएका हामीले १० बजेदेखि ५ बजेसम्म अख्तियारी अनुसारको सेवा प्रबाह गर्नु सबैको दायित्व भएकोमा जोड दिइन् । उनले भनिन्, “काम गर्दा नकारात्मक भावनालाई बिर्सेर खुसि र हसिलो स्वभावमा सेवा दिनपर्छ ।” अरुका कुरा गरेर समयको बर्बाद गर्नुको सट्टा आफ्ना बारेमा सोच्न सके आफ्नै भलो हुने उनले सुझाव दिइन् ।
Comments are closed.