कर्माचार्य ग्रुपका अभिभावकको निधन


असार ३०,पोखरा हटलाईन,
पोखरेली ब्यापारिक घराना कर्माचार्य ग्रुपका अभिभावक तथा ब्याबसायिहरु चन्द्रकृष्ण कर्माचार्य, गोबिन्द कर्माचार्य र हरी कर्माचार्यका पिता जगतकृष्ण कर्माचार्यको बुधवार बिहान ९२ बर्षको उमेरमा निधन भएको छ ।बिक्रम सम्बत १९८६ जेठ १२ गते भक्तपुरमा जन्मिएका कर्माचार्यको पोखरा महनगरपालिका बिजयपुर स्थित आफ्नै निवासमा मृत्यु भएको हो ।स्वर्गिय कर्माचार्यको पोखरा रामघाटमा आजै अन्त्यष्टी गरियो । स्वर्गिय कर्माचार्यका जेठा छोरा चन्द्रकृष्ण कर्माचार्य नेपाल उधोग बाणिज्य महासंघका पुर्ब कार्यसमिति सदस्य तथा लेखनाथ उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष हुन/स्वर्गिय कर्माचार्यका ३ छोरा,७ जना नातीनि र ४ जना नाती छन ।

Comments are closed.