पोखरा ५ भदौ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा कुनै पनि क्षेत्रमा कर बृद्धि नगरेको बताएको छ । स्थानिय तहले मनपरी कर बढाएको भन्दै विरोध भैरहेका बेला महानगरपालिकाले कुनै पनि क्षेत्रको कर बृद्धि नगरेको बताएको हो । महानगरले कुनै कर बढाएको छैन पोखरा महानगरपालिकाका उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले भनिन् । महानगरले कर बृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरेको भन्दै विरोध भएपछि महानगरको कार्यपालिका बैठकले उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोजकत्वमा राजस्व विश्लेषण तथा सुझाव समिति गठन गरेको छ । समितिको मंगलबार बैठक बसेको छ ।
बैठकले पोखरा महानगरपालिकाले ब्यवस्था गरेका करको दरका सीमा र एकिकृत सम्पत्तिकरको सैद्धान्तिकपक्ष, कृषि भूमि लगायतका विषयमा अध्ययन गरि अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले एकिकृत सम्पत्ति करका विषयमा कुनै गुनासो भए प्रमाण सहित सम्वन्धित वडामा निवेदन दिन आग्रह गरेको छ । एकिकृत सम्पत्ति कर महानगरले बढाएको छैन उपप्रमुख गुरुङले भनिन्‘हामीले कर बढाएका छैनौ जिल्ला मुल्याङकन समितिले जग्गाको नयाँ मुल्याङकन गरेका कारण बढेको हो ।’
जिल्लाको जग्गा मुल्याङकन समिति प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिमा सरोकारवाला कार्यालयका ब्यक्तिहरु लगायत सदस्य रहने ब्यवस्था रहेको छ । जग्गा मुल्याङकन समितिले पहिला वडाहरुलाई फारम पठाउने र वडाहरुले आफनो वडाभित्रको जग्गाको मुल्य फारममा भरेर पठाएपछि समितिले जग्गाको मुल्याङकन गर्ने प्रावधान रहेको छ । वडाहरुले पठाएको जग्गाको मुल्यलाई आधा मुल्याङन गरिन्छ । ‘वडाले जग्गाको मुल्य दश लाख लिएको छ भने समितिले ५ लाख रुपैयाँ मुल्याङकन गर्छ ।’ कर महानगरले बढाएको नभई जिल्ला मुल्याङकन समितिले जग्गाको नयाँ मुल्याङकन गरेका कारण बढेको उपप्रमुख गुरुङले बताइन् ।
त्यस्तै कर बढनुको अर्को कारण विगतमा कच्ची सडकमा रहेको जग्गामा अहिले सडक पीच भएको छ भने त्यहाँको कर केही बढेको हुनसक्छ उनले भनिन–‘विगतमा कर तिन आउदा बाटो कच्चि थियो भने अहिले पीच भएको छ, त्यसरी कर बढेको हुनसक्छ, तर महानगरले बढाएको छैन ।’ एकिकृत सम्पत्ति करमा कुनै गुनासो भए प्रमाण सहित सम्वन्धित वडा कार्यालयमा निवेदन दिन सकिने बताउदै उनले भनिन,‘यदि कमीकमजोरी भएर लिनुपर्ने भन्दा बढि कर लिएको भए त्यसलाई सच्याउने छौ ।’ उनले कर बुझाएको रसिद र लाजपुर्जाको फोटो कपि सहित सम्वन्धि वडामा उजुरी दिन सकिने बताइन् । महानगरबासीले प्रमाण सहित दिएको निवेदन बारे समितिले अध्ययन गर्ने र यथार्थ कुरा जानकारी गराउने उनले बताइन् । उनले महानगरबासीसंग मनपरी कर उठाउने पक्षमा नरहेको भन्दै करका बारेमा वडा कार्यालय वा महानगरबाट राम्रोसंग जानकारी दिन सवै महानगरबासीसंग अनुरोध गरेकी छन् ।
Comments are closed.