कलाकार पल शाह जेल चलान

                                          कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् ।तनहुँ जिल्ला अदालतले मु’द्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए ।बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो ।

आदेशमा पलले पी’डीतलाई जबरजस्ती क’रणी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पी’डितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी रहेको वियर लिएर पी’डितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ ।

फैसालामा भनिएको छ,’ एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पी’डितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पी’डतलाई जबरजस्ती क’रणी गरेको तथ्यसँग मिल्न भि’ड्न आएको देखियो।’

Comments are closed.