कविताःतिमी र म

मीनराज बसन्त

383667_293641533992946_1183195038_n

…………

 

मानौँ,

तिमी र म आगो–आगो हौँ

जल्छौँ, आ–आफ्नै अहमले

भर्भरिन्छौँ–हाम्रै स्वभावले ।

मानौँ–

तिमी र म आगो–घ्यू हौं

दन्किन्छौं–

आगोमा घ्यू थपिएर वा,

घ्यूमा आगो झोसिएर ।

मानौँ–

तिमी र म घ्यू–घ्यू हौँ

जो, एकर्कामा प्रयोग भइरहन्छौं ।  

मानौं–

तिमी र म आगो–पानी हौं

निभ्छौँ आफ्नै संयमताले ।

  मानौं–

तिमी र म पानी पानी हौँ

 चिसिन्छौँ– पारस्परिक गुणवत्ताले ।

 र मानौँ– कोहि पनि होइनौं

तिमी हामी  

न म चिन्दछु तिमीलाई  

न मलाई चिन्दछौ तिमी ।

Comments are closed.