पोखरा ३ वैशाख। नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान का कुलपति सरुभक्तले विनोद गौचनको सपना पुरा गर्न लागि रहने बताउनु भएको छ । नेपालको पहिलो कविता गाँउ लुम्लेको सातौ वार्षिक उत्सवमा बोल्दै उहाँले आफुले २० वर्ष अगाडी देखिको कविता यात्रा सुरु गरेको र कविता गाँउका परिकल्पनाकार विनोद गौचन पनि वाल्यकालको साथी भएकाले उसको सपना पुरा गर्न म सदैव लाग्ने बताउनुभयो ।
कार्यक्रममा विविध समुहगत नृत्य प्रतियोगिता तथा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको थियो । नृत्य प्रतियोगितामा वाल समुह लुम्ले ५ प्रथम,जलजला आमा समुह द्धितिय,सिद्ध निमावी समुह ख तृतिय भएको थियो भने सिद्ध निमावीको समुह का ले सान्त्वना भएको थियो । त्यस्तै खुल्ला कविता प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमश स्मृति देवकोटा, शरस्वती देवकोटा, सम्झना विक, संजिता विक भएका थिए ।
कार्यक्रममा नागरिक समाजका राम वहादुर पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर दिपेन्द्र श्रेष्ठ, हिमाली सास्कृतिक परिवारका मिनकाजी शेरचन, विविसीका समाचार प्रतिनिधि तथा समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक नारायण कार्की , एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्व मोहन गौचन , रेडियो साराङ्गीका स्टेशन म्यानेजर लक्ष्मीनारायण देवकोटा, शिक्षक चुडामणी देवकोटा, चित्र वहादुर गुरुङ्ग लगायतले स्व. गौचनको सपनाको गाँउ हो सवै मिलेर सपना पुरा गर्न लाग्नु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा टिचिङ अस्पतालका काडियोलोजिष्ट डाक्टरहरु डा. सुर्य देवकोटा र डा. अनिल भट्टराई, प्राज्ञ कुलपति शरुभक्त र विश्वमोहन गौचनलाई दोसल्ला र मायाको चिनो ओडाई सम्मान गरिएको थियो ।
स्व. विनोद गौचनको परिवार वाट रु १लाख ५० हजारको अक्षयकोष स्थापनाका लागी सस्थाका अध्यक्ष भक्तीराम देवकोटालाई हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रम विशेष प्रस्तुतीका लागी हिमाली सास्कृतिक परिवारका कलाकारले प्रस्तुत गरेका थिए । भने केही अप्रतियोगि रुपमा कविता वाचन भएका थिए । कार्यक्रम संस्था सचिव सुनिल देवकोटाले सञ्चालन गदै साँगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष खुृसीमान गुरुङ्गले प्रस्तुत गर्नु भएको थियो ।
Comments are closed.