कविता

‘ पीडाहरूवाट मुक्ति ‘                                                  —————
“यदि…….,भए !”
“प्रकासको पीडामा ,…
छटपटाउने जीवहरूले,
आधि रातमा रोईरहेको,
औशीलाई हेर्दा
चकमन्न निर्जीव झै,
सुनसान वातावरणमा
ज्योतिविहिन आखाको ज्योति ,
आफै भित्र पाउछ।
परिवेस शून्य ,
गन्तव्यका यात्रिले…
मध्यान्नमा,
आकाश नियालेर हेर्दा,
कोलाहलपुर्ण ,
ज्ञात अज्ञात द्दृष्यभित्र,
कमजोर आयुमात्र,
सामने लड्खडाउछ ।
तिता मिठा भावनाका कयौ,
छालहरुमा नुहाउदा,
जीवन शैलि सदाको लागि,
रङ्गीन हुने भए…
प्रचण्ड गर्मिमा ,
भकभकि पाकिएकोबेला,
हिमश्रृखलाको ,..
कल्पनाले कपाउने भए ।
स्काइपि, भाइवर,फेशबुक ,
र नेटले दिएको आनन्द,
बास्तबिक जीवनले,
उपभोग गर्न पाए
गरिवी र अभाबै अभावले ,
रोएको मनले त्यहाँ,
जादु कल्पनाको ,
मिठासले रम्न पाए ।
श्वर्ग धर्ति हुन्थ्यो ,
धर्ति श्वर्ग नै,..
अशान्ति शान्ति र,
शान्ति अशान्ति मै
मृत्यु जीवन हुन्थ्यो ,
जीवन मृत्यु झै,
मानिस देउता हुन्थ्यो,
देउता के हुन्थ्यो खै ?
निशा खनाल अर्याल
इजरायल

Comments are closed.