कसले केके दिँदैछन् साहित्यिक बजारमा नयाँ पूस्तक

नरेश ज्ञावलि

book scech

संख्या र गुणस्तर दुवै हिसाबले अहिले आइरहेका तथा आउँदै गरेका कृतिका कारण साहित्यबजारको ‘नेप्से परिसूचक’ उकालो लाग्ने क्रममा छ । बजारले माग गरेका विविध विधागत विषय समेटिएका कृतिहरु बजार र पाठकहरुमाझ छाइएका छन् । भलै, गुणस्तरको बारेमा भने बारम्बार प्रश्न नउठिरहेका चाहिँ छैनन् । 

साहित्यिक बजारमा केही समयभित्रै सार्वजनिक हुने क्रममा क–कसका के–कस्ता साहित्यिक कृतिहरु रहेका छन् भन्नेबारे बुझ्ने क्रममा प्राप्त भएका कुरा नै यहाँ प्रस्तुत गरेका छौं । ती आख्यान तथा गैरअख्यान कृतिहरुमध्ये कुन–कुनले पाठकको मन–मस्तिष्कमा प्रभुत्व जमाउन सफलता पाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ । 

साहित्यिक क्षेत्रमा हस्तक्षेपकारी कलम चलाइरहेकामध्ये यहाँ प्रस्त दर्जन साहित्यकारहरुका कुन–कुन कृति सार्वजनिक हुँदैछन् त ? यसपटक हामीले यसै विषयमा पाठकको जिज्ञासा मेट्ने प्रयास गरेका छौं ।


खगेन्द्र संग्रौला

Khagendra_Sangraulaआख्यानकार, निबन्धकार तथा राजनीतिक टिप्पणीकारका रुपमा छवि बनाएका साहित्यकार खगेन्द्र संग्रौलाको अनुवाद कलाबारे पाठकहरुलाई भनिरहनु पर्दैन ।

यसअघि कयौं पुस्तकको अनुवाद गरिसकेका संग्रौला अहिले तिनै अनुवादहरुको संगालो लिएर पाठकहरुमाझ आउँदैछन् । आख्यान, निबन्ध तथा अनुवादमा राम्रो दख्खल राख्ने संग्रौलाका यसअघि सम्झनाका कुइनेटाहरु, जुनकीरीको संगीतलगायत दर्जनबढी पुस्तक प्रकाशित छन् ।

नारायण ढकाल

Narayan_Dhakal

आख्यानको क्षेत्रमा स्थापित नाम हो नारायण ढकाल । केही समय अघि मात्र इन्द्रजात लिएर पाठकहरु माझ आएका ढकाल अहिले ‘वृषभ बध’ नाम दिइएको उपन्यास लिएर आएका छन् । उपन्यास बजारमा ल्याइसकेको उनले अहिले उपन्यासको बजारमा अन्र्तकृया गर्दै हिडिँरहेका छन् ।

प्रेतकल्प लगायत उपन्यासबाट सिद्धहस्त हस्ताक्षर बनेका ढकाल पाठकहरुबाट निकै रुचाइएका लेखक हुन् । उनका उपन्यासहरुमा सामाजिक कुरितीको विरुद्ध विद्रोह तथा किम्बदन्तीहरुको समिश्रण रहेको छ ।

नयनराज पाण्डे

nayanraj pandeनयनराज पाण्डे आख्यानको क्षेत्रमा स्थापित नाम हो । उनको नयाँ उपन्यास ‘सल्लिपीर’ केही समय भित्रै आउने जानकारी उनले सामाजिक संजालमार्फत दिइसकेका छन् । पाण्डे चर्चित उपन्यास ‘उलार’, ‘लु’ र ‘घामकिरी’ का लेखक समेत हुन् ।

नेपाली साहित्यिक बजारको आख्यानमा निकै दख्खल राख्ने पाण्डे अत्याधिक रुचाइएका यर्थाथवादी साहित्यकार समेत हुन् । नेपाली समाजको जिवन्त पाटोलाई जस्ताको तस्तै पात्रका रुपमा उतार्न सफल पाण्डेको अत्याधिक रुचाइएको उपन्यास ‘लु’ र ‘उलार’ हो । सामाजिक जनजिवन र सामाजिक न्यायका पक्षमा कलम चलाउने पाण्डे अहिले नयाँ उपन्यास सल्लिपीरको तयारीमा छन् ।

अभि सुवेदी

Abhi_Subediत्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विभागका प्राध्यापक अभि सुवेदी ‘फ्यानरको डायरी’ मार्फत पाठकको मष्तिष्कमा प्रहार गर्दैछन् ।

कवि, नाटककार, निबन्धकार तथा समालोचकको छवि बनाएका सुवेदीले आफ्नो अब आउने पुस्तकमा विभिन्न विषयलाई समेटेर प्रकाशन गर्न लागेको जनाए । उनले यसअघि तीन दर्जनभन्दा धेरै कृति लेखिसकेका छन् ।

 

राजन मुकारुङ

Rajan_Mukarung‘दमिनी भीर’ तथा ‘हेत्छाकुप्पा’ उपन्यासमार्फत दलित, आदिवासी, जनजातिहरुका अधिकारलाई स्थापित गराउन भूमिका खेलेका मदन पुरस्कार विजेता लेखक तथा स्पष्ट वक्ता राजन मुकारुङ अहिले उपन्यासलेखनको क्रममा छन् ।

‘‘सिर्जनशील अराजकता’ आन्दोलनमार्फत मूलतः कविता विधालाई पछ्याउँदै साहित्यमा हस्तक्षेपकारी कलम चलाएका मुकारुङ अहिले शान्ति प्रक्रियाको क्रममा संयुक्त राष्ट«संघीय मिसन ‘अनमिन’ ले माओवादीका शिविरहरुबाट ‘अयोग्य’ को बिल्ला भिराएका नागरिकहरुको जीवनगाथामा आधारित उपन्यास ‘अयोग्य’ को तयारीमा लागेका छन् ।

आफ्नो उपन्यास भदौ–असोजसम्ममा प्रकाशनमा ल्याउने योजना उलने खबरडबलीलाई सुनाए । यसैबीच, दलितहरुको अस्मितासँग गाँसिएको ‘दमैचराको कथा’ भन्ने उनको कवितासंग्रह समेत प्रकाशित हुँदैछ ।

मूलतः दलित, आदिवासीको पक्षमा वकालत गर्ने मुकारुङले कविता विधालाई नछाडे पनि उनी आख्यानमा आउनुको कारण खोतल्दा ‘पिछडिएका समुदायको अधिकारमुखी एजेन्डा स्थापित गराउनका निमित्त प्रभावकारी लेखनको आवश्यकता परेकाले यतातर्फ फड्को मार्नुपरेको’ बताए ।

उनले भने– ‘म कविता विधालाई त छाड्दै छाड्दिनँ । तर, पहिचान र अस्मितासँग जोडिएका कयौं विषयलाई हस्तक्षेपकारी तवरले प्रस्तुत गर्नुपर्ने हुनाले मैले आख्यानलाई पनि चुनेको हुँ ।’ आफू आख्यानमा फड्को मार्नुको मूल कारण आन्दोलन भएको उनले सुनाए ।

कुमार नगरकोटी

Kumar_Nagarkotiअलौकिक दुनियाँको संवादमार्फत बजारमा एकाएक हावी भएका कुमार नगरकोटी हाल उपन्यासलेखनको क्रममा छन् ।

‘मोक्षान्त काठमाडौं फिवर’ नामक विधाविहीन विधामा कलम चलाएर चर्चाको शिखरमा पुगेका उनी अहिले ‘मिस्टिका’ उपन्यास लेख्दैछन् । यसमा उनले मृत आत्माहरुसँग संवाद गर्नेछन् ।

उपन्यासलेखन सकिसकेका नगरकोटीको उपन्यास छिट्टै नै सार्वजनिक हुँदैछ । ‘मेरो तर्फबाट त मैले काम सकिसकेको छु तर अझै वन टाइम दोह¥याएर हेर्नुप¥यो भनेर प्रकाशकले भने हेर्नुपर्ने हुन्छ’– नगरकोटीले भने ।

नगरकोटीको यसअघि ‘काठमाडौं मोक्षान्त फिवर’, ‘फोसील’, ‘कोमाः अ पोलिटिकल सेक्स’ र ‘अक्षरगंज’ सार्वजनिक भैसकेका छन् ।

बुद्धिसागर

Buddhi_Sagarपत्रकार तथा कविको छवि बनाएका बुद्धिसागर यतिबेला निकै व्यस्त छन् । ‘कर्णाली ब्लुज’ मार्फत आख्यानमा सशक्त हस्तक्षेप गरेका उनी पछिल्लो समय आख्यानमा नै डुबेका देखिन्छन् ।

उनी अहिले आफ्नो नयाँ उपन्यास ‘फिरफिरे’ को तयारीमा लागेका छन् । जेठभित्रै सार्वजनिक गर्ने योजना बनाएका उनले यस उपन्यासमा आफूले अघिल्लो उपन्यासको तुलनमा निकै मेहनत गरेको बताए ।

कयौं उपन्यासकारले पहिलो उपन्यासबाट निकै चर्चा कमाएर दोस्रो उपन्यासमा साख जोगाउन गाह्रो परेको देखेरै होला, उनी दोस्रो उपन्यासमा निकै मेहनत गरेको बताउँछन् । उनले भने– ‘अहिले मैले अघिल्लो उपन्यासको भन्दा निकै मेहनत गरेको छु ।’

उलने समयसीमाभित्रै उपन्यासलाई सार्वजनिक गर्ने दबाबका कारण पनि आफूले निकै मेहनत गरेको सुनाए ।

युग पाठक

Yug_Pathakजनयुद्धको पृष्ठभूमिमा रहेर  ‘उर्गेनको घोडा’ नामक उपन्यासबाट महिला छापामारमार्फत तामाङ समुदायको अस्तित्वको खोजी गरेका चर्चित उपन्यासकार युग पाठक झन्डै एक वर्षदेखि उपन्यासलेखनमा छन् ।

मधेशलाई ‘प्लट’ बनाएर रच्दै गरिएको उपन्यासले मधेशी समुदायले गरेको संघर्ष तथा राज्यमा मधेशी समुदायको अस्तित्व र पहिचान स्थापनाको विषयलाई मूल रुपमा उठाउने बताउँछन् ।

लेखनको अधिकांश काम सकिसकेका उनले उपन्यासको नाम ‘सम्भविता’ राखेका छन् । यहाँ अर्को चाखलाग्दो कुरा के छ भने उपन्यासलेखनका क्रममा पाठकले गरेको अध्ययनका आधारमा उनले भेटेका अनौठा तथ्यसहितको अर्को पुस्तक पनि प्रकाशन हुँदैछ । विभिन्न लेखहरुको संगालोका रुपमा आउने यस पुस्तकमा ७० प्रतिशत नयाँ र ३० प्रतिशत पुराना लेखहरुलाई समेटिने पाठकले बताए ।

सरिता तिवारी

Sarita_Tiwariचितवनमा बसेर साहित्यिक अभ्यासमा रमाइरहेकी सरिता तिवारीको मूल विधा कविता हो । यसअघि दुइटा कृति सार्वजनिक गरिसकेकी उनको तेस्रो कवितासंग्रह झन्डै डेढ महिनाभित्रै आउँदैछ । ‘आगोको बिउ’ नाम दिइएको कवितासंग्रहको नाम फेर्ने सुरमा आफू लागेको उनले खुलासा गरिन् ।

तिवारी भन्छिन– ‘मैले धेरै अघिदेखि नै आगोको बिउ भन्ने नाम मन पराएकाले यही नाम राखेकी थिएँ । यसबीचमा धेरै साथीहरुले आगो नै नाम गरेका अन्य धेरै कृतिहरु प्रकाशित गरिसकेपछि, नाम फेर्न आँटेकी हुँ ।’ नयाँ नाम जुरिनसकेको उनले खबरडबलीलाई बताइन् ।

सरिताका यसअघि ‘अस्तित्वको घोषणापत्र’ (२०६७) र ‘बुद्ध र लाबाहरु’ (२०५७) प्रकाशित भैसकेका छन् ।

नयाँ लेखकहरुमा बढ्दै गएको वैचारिक ह्रासका काण भावी दिनमा गम्भीर परिणाम निम्तिन सक्ने भन्दै आफू लामो समयदेखि अमुक झन्डाभन्दा माथि उठेर स्पष्ट वैचारिक अडानका साथ लेखनमा लाग्दै आएको सरिताले बताइन् ।

संगीतश्रोता

Sangit_Srotaनेपाली साहित्यमा युवापुस्ताबाट कलमद्वारा हस्तक्षेप गर्दै आएका कवि तथा अध्येता संगीतश्रोता यतिबेला आफ्नो नयाँ कवितासंग्रह ‘इच्छुकको इमेल’ मार्फत ‘बजारतन्त्र र पाठकको मनमस्तिष्क’ मा प्रहार गर्ने तयारीमा छन् ।

नयाँ कवितासंग्रह असारमा प्रकाशन गर्ने योजना बनाएका संगीतश्रोताले आउँदो ६ महिनामा गैरआख्यान पनि ल्याउँदैछन् ।

‘अध्ययनको क्रममा देखिएका, टिपोट गरिएका महत्वपूर्ण केही विषयहरु छन्, जुन नेपाली पाठकहरुमाझ उठाउनुपर्ने छ, त्यही अनि कवितासंग्रह पनि ल्याउने योजना छ’– उनले खबरडबलीसँग भने ।

यसअघि संगीतश्रोताले ‘म काठमाडौं आइपुगें’ भन्दै कीरेडाँडाबाट आफू काठमाडौं आएको संकेत दिएका थिए । अब आउने कवितासंग्रह तथा गैरआख्यानमार्फत चाहिँ उनले काठमाडौं खाल्डोमा दमितहरुमाथि कसरी दमनको श्रृंखला जारी छ अनि आफूले त्यसलाई तोड्न के गरे भन्नेबारे प्रकाश पारेर पाठकको मनमस्तिष्कमा प्रहार गर्नेछन् ।

उनले आफ्नो नयाँ कृतिमार्फत अव्यक्त रुपमै ‘मैले त थालें, तपाईंले नि ?’ भन्ने प्रश्न गर्न सक्ने आँकलन गरिएको छ ।

उज्वल प्रसाईं

Ujjwal_Prasainपत्रकार प्रशान्त झाद्धारा लिखित पुस्तक ‘ब्याटल्स अफ दी न्यू रिपब्लिक’ को अनुवाद गरेका प्रसाई मुलतः पत्रकार हुन् । उनी अहिले गैरआख्यानको तयारीमा रहेका छन् । के लेख्दै हुनुहुन्छ भन्ने खबरडबलीको प्रश्नमा उनले भने– ‘पाठकले पढ्नु पर्ने र मैले दिनु पर्ने जिम्मेवारी सहितको केही लेख्दै छु ।’

तीखो राजनीतिक टिप्पणीकार तथा विश्लेषकको रुपमा आफूलाई स्थापित गर्न सफल उनले पछिल्लो अधिकांश समय फोन अफ गरेर पुस्तकको तयारी गरी रहेका छन् । आफुले लेख्दै गरेको पुस्तक बारे खासै बताउन नचाहने प्रसाई यसलाई सार्वजनिक गर्नुको अर्थ नरहेको बताउँछन् ।

सरस्वती प्रतीक्षा

Saraswati_Pratikshaपोखराबा बसेर साहियमा हस्तक्षेपकारी कलम चलाई रहेकी सरस्वती प्रतिक्षा नयाँ उपन्यासको लेखन गर्दै छिन् । पहिलो ड्राफ्ट सकेर दोस्रो ड्राफ्टको लेखनमा रहेकी उनको उपन्यासको नाम भने जुरी सकेको छैन् । खबरडबलीसँग कुराकानी गर्दै उनले आफ्नो उपन्यास यस बर्षको अन्तिममा सार्वजनिक गरी सक्ने योजना रहेको बताइन ।

मुलतः कविता विदाबाट साहित्यमा प्रवेश गरेकी प्रतिक्षाले भावि दिनहरुमा कविता र आख्यान दुवैलाईसँगै लिएर जाने योजना रहेको बताइन । ‘मेरो मुल विधा कविता नै हो तर अब म आख्यानलाई पनि सँगै लिएर अगाडि बढ्ने योजनामा छु । यो उपन्यास लेखन त्यसैको पहिलो पाइला हो ।’– प्रतिक्षाले भनिन् ।

उनको यस अघि ‘यद्यपी प्रश्नहरु’ (२०६२), ‘बिम्बहरुको कठघरा’ (२०६६) र ‘बागी सारङगी’ (२०६९) मा प्रकाशित भैसकेको छ । उनले आफ्नो कविताका साथै आख्यानमा पनि अत्यन्त रुचि भएको सुनाइन् ।

साभार-खबरडबली

Comments are closed.