एजेन्सीहरु
लण्डन, चैत २९ गते
विश्वमा शिक्षाबिद्हरुका बिचमा यौन शिक्षा स्कुलको पाठ्यक्रममा कति राख्ने भन्ने बिषयमा अझै बहस जारी छ ।
डेनमार्कमा एक बिशेषज्ञले स्कुलका बिद्यार्थीहरुलाइनै अश्लिल फिल्म देखाएर, यौन शिक्षा प्रदान गर्न सल्लाह दिएका छन् ।
समाचार पत्र द गार्जियानका अनुसार आलबोर्ग विश्वबिद्यालयका प्रोफेसर क्रिस्टियन ग्राँगर्डका अनुसार बच्चाहरुलाइ यौन प्रति कर्तब्यनिष्ठ र तयसको इमान्दार उपभोक्ता बनाउनका लागि यसले सहयोग गर्नेछ ।
अश्लिल फिल्ममा देखिने यौन र बास्तबिक यौन जिबन फरक हुन्छ भन्ने कुरा राम्रो सँग जान्नका लागि पनि अब बच्चाहरुका लागि अश्लिल फिल्म कक्षामै देखाउन आवश्यक रहेको उनले सुझाए ।
‘ मेरो सुझाब छ, राम्रो सँग प्रशिक्षित शिक्षकहरुबाट, कक्षा आठ र नौका बच्चाहरुलाइ संवेदनात्मक र शिक्षाप्रद ढंगले पोर्न फिल्मका बारेमा गम्भिर जानकारी दिन आवश्यक छ ।’ उनले भनेका छन् ।
डेनमार्कमा सन् १९७० देखी स्कुलमा यौन शिक्षा अनिवार्य गरिएको छ । केही स्कुलहरुमा तर यसअघिनै पोर्न फिल्म देखाएर, यौन शिक्षा दिने गरिएको छ । सबै बिदालयहरुमा यो शिक्षा सुरु गर्ने वा नगर्ने भन्ने बारेमा बहस भइरहेको बेलामा प्रोफेसर क्रिस्टियनले यस्तो सुझाब दिएका हुन् ।
यौन शिक्षाको नाममा काँक्रोमा कण्डम लगाएर, बिद्यार्थीलाइ पढाउने पुरातन बिधिले काम नगर्ने उनको भनाइ छ ।
‘अहिलेको सूचना प्रबिधीले गर्दा, किशोरहरुलाइ हामीले कक्षामा पहिलो पटक अश्लिल फिल्म देखायौ भनेर चिन्ता लिनु पर्दैन ।’ उनले भने– ‘हामी भन्दा पहिलानै धेरैले यस्ता फिल्महरु पटक पटक हेरीसकेका छन् ।’
डेनमार्क बिश्वमै अश्लिल फिल्म माथीको प्रतिबन्ध हटाउने पहिलो मुलुक हो ।
तस्बीर गुगल
Comments are closed.