काँग्रेसको निर्णयले नयाँ सरकार बन्ने बातावरण बन्यो ः प्रचण्ड

 

चैत २१, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा काँग्रेसले गरेको निर्णयले नयाँ सरकार बन्ने बातावरण बने सँगै राजनीतिले कोल्टो फेरेको बताएका छन् ।
शनिबार कपिलबस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा उनले भनेका छन् , ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ ।’
शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो ।प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)ले मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएको पनि बताए । रातोपाटीबाट

Comments are closed.