काँग्रेसभित्र म आम आदमी हुँ– पौडेल

Ramchandra-Paudelपोखरा, ९ बैशाख/ नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीमा ठगठाग र गुटबन्दी गर्नेहरुको प्रभाव बढेको बताएका छन् । तनहुँमा भएको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । पौडेलले कांग्रेसभित्र आफ आम आदमी भएको बताउँदै भारतमा केजरीवालले जस्तै पार्टीमा आफूले कुचो चलाउने चेतावनी दिए ।

उनले आफु मेहनत गरेर खाने नेता भएको बताउँदै हरेक पार्टीमा देखिने ठग प्रवृत्ति आफ्नो पार्टीमा भएपनि अब त्यस्तो प्रवृत्ति गर्नेहरु बढारिने दावी गरे । पार्टी महाधिवेशन नजिकिंदै गर्दा उम्मेदवारीबारे सोधिएको प्रश्नमा पौडेलले पार्टीले दिएको जिम्मेवारी पुरा भए पछि बोल्ने बताए ।

तर आफूभन्दा निकै जुनियर तहका नेताले दिएको जिम्मेवारीबारे भने उपसभापति पौडेलले व्यंग्य गर्दै भने, ‘बज्ने भाँडोमा पानी हुन्न ।’ आफुले भने समय आएपछि उम्मेदवारीबारे बोल्ने पौडेलले बताए । यसअघि तनहुँमै सोमबार भएको कार्यक्रममा पौडेलले नेपाली काँग्रेसमा आफु पोथी मौरी भएका बताएका थिए । आफुले पार्टीलाई समावेशी र भागबण्डारहित बनाउन सधैं भूमिका खेलिरहने भन्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए ।

Comments are closed.