भदौ ९ गते
नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले लेखनाथ १२ का विश्वास गौतमलाई भारतबाट पक्राउ गरेको हो ।

गौतमलाई भारतबाट पक्राउ गरि रुपन्देही हुँदै कास्की ल्याइएको प्रहरी श्रोतले जानकारी दिएको छ । यस्तै, अर्का अभियुक्त लेखनाथ १३ का प्रकाश गुरुङ्गले भने डाँडाको नाक प्रहरी चौकीमा आत्मसर्मपण गरेका छन् ।

प्रहरीले यसअघि नेता बादलको हत्यामा संलग्न भएको आरोपमा तरुण दलका कार्यकर्ता राजु रानाभाट र लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अझै एकजना रविन केसी भने फरार छन् । उनको पनि खोजीकार्य चलिरहेको छ ।

कास्की प्रहरी प्रमुख हरि बहादुर पालले भने अनुसन्धानकै क्रममा दुईजना पक्राउ परेका र अनुसन्धानपछि मिडियालाई यथार्थ जानकारी दिईने बताए । उनले सिधै उनीहरु पक्राउ परेको भनेर बताउन चाहेनन् ।

प्रहरीले नेता पौडेलको हत्या भएको १३ औं दिनका दिन गौतम र गुरुङ्गलाई पक्राउ गरेको हो ।

बादलको अघिल्लो महिना पार्टीको आगामी महाधिवेशनमा स्थानीयस्तरमा देखिएको विवाद मिलाउने क्रममा हत्या भएको थियो