काँडेमा हिउँ परेपछि हेर्ने जानेको ओइरो।

माघ २७

पोखरा,


📝अजित तिमिल्सिना

धेरै बर्ष पछि कास्की जिल्लाको काँडेमा हिउँ परेपछि हेर्न जानेको भिढ लागेको छ। हिउँमा रमाउनको लागि पोखराका असपासका मान्छेहरू बिहानै देखि काँडेमा गएका थिए।
बुधबार देखि पानी परिरहेको थियो र चिसो बढे सँगै काँडेमा हिउँ परेको हो। हिउँको अनुभव लिनको लागि साना केटाकेटी देखि ठुला मान्छेहरू बिहानै देखि काँडे गएका थिए । बिहानै हिउँ परेको हल्ला मच्चिएपछि हतार–हतारमा मोटरसाइकल निकालेर काँडे आइपुगेका पोखरा निवासी हरि लामिछानेले बताए। साथी किरन सुधासँग पहिलो चोटी काँडे टेकेका लामिछानेले यहाँको सुन्दरताले मन्त्रमुग्ध बनायो। “सुन्दर दृश्य र हिमाल देख्यौँ, हामीले हिउँमा खेल्न पायौँ, यो भन्दा आनन्द अरु के हुनु”, लामिछानेले भने।

हिँउ खेलिरहेको दृश्य आफैमा रोचक थियो। कोहि हिउँका डल्ला समात्‍ने रहरले कतिलाई लडायो तर ज्यानको बाजी लगाएर भएपनि उनीहरु रमाइरहे अवेरसम्म। आफ्ना साथीभाइलाई हिँउका डल्ला बर्साउँदै मान्छेहरू उत्साहित भएका थिए।
धेरै बर्ष पछि परेको हिउँमा रमाउनकका लागि आउने मान्छेको भिड देखेर स्थानीय बासिन्दा चकित परेका थिए। मोटरसाइकल स्कुटर ट्याक्सी बसमा हजारौं मान्छेहरू गएका थिए। पोखरा बाट एक घन्टा लाग्ने बाटोमा सवारी साधनको चापले गर्दा आज दुई घन्टा भन्दा बढी लागेको कुरा किरन कुँवरले बताए।

Comments are closed.