‘कांग्रेसबाट आजित भयौं, अबको भोट नेकपालाई’

पोखरा, ६ कात्तिक

पोखरा २१ निर्मलपोखरीबासी कांग्रेस समर्थकहरुले कांग्रेसबाट आजित भएकाले यसपटकको भोट कांग्रेसलाई दिने प्रतिबद्धता जनाएका छन् । कास्की २ को उपचुनावका लागि चुनावी घरदैलो गर्दै पुगेकी नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्थानिय कांग्रेस समर्थकहरुले आफूहरु कांग्रेस समर्थक भएपनि कांग्रेसबाट आजित भएकाले यसपटकको भोट नेकपालाई दिने प्रतिबद्धता जनाएका हुन् । निर्मलपोखरीको दम्सादी पुगेका स्थानियले विद्यालाई माला लगाईदिदै भने,‘हामी जन्मदै कांग्रेस भएर जन्मियौं, तर कांग्रेसले पटकपटक सरकार चलाएपनि जनताको लागि केहि गरेन, बरु देश झन्झन् कमजोर र दरिद्र बनाए, अबको भोट नेकपालाई दिन्छौं ।’ तर उनीहरुले विद्यालाई आफूले गरेका विकासका बाचा भने पूरा गर्न आग्रह गरे ।

निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षिया जसोदा आचार्य र ९२ वर्षिय खेमराज आचार्यबाट

शुभ आशिर्वाद लिदै घरदैलो शुरु गरेकी उनले फेदीपाटन, अम्बोटहुँदै द्वारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीले समृद्ध नेपाल राष्ट्रिय संकल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढता व्यक्त गरिन् । उनले पोखराको विकास र समृद्धीको खाका आफूसँग भएको बताउँदै उक्त योजना पूरा गर्नका लागि आफूलाई भोट दिन आग्रह गरिन् । उनले ५ वर्षका लागि पाएको म्याण्डेट दुर्घटनावश फेरी अनुमोदनका लागि पोखरेली जनतामाझ आएको बताए । विकासमा देखिएका कतिपय बाधा अवरोधहरु हटाउनका निम्ति प्रतिबद्ध भएर लाग्ने बताउँदै उनले अबको ३ वर्ष सफल बाँकी योजना सफल बनाएरै छाड्ने घोषणा गरिन् ।

पोखरा २१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा २१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यहरुको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारेपनि प्रकाश पारेका थिए ।

यसैबीच, निर्वाचन क्षेत्रका सबै वडामा आज नेकपाले ¥याली निकाल्दैछ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका सबै वडामा ¥याली निकालिन लागेको हो । वडा नम्बर ४ मा आज विहान घरदैलोसमेत गरिएको र बेलुकापनि घरदैलो जारी रहने नेकपा वडा नम्बर ७ का सचिव लोकनाथ भण्डारीले जानकारी दिए ।

पोखरा ८ मा पनि विहानै महिलाहरुले विद्याको पक्षमा ¥याली निकालेका छन् । सृजनाचोकबाट शुरु भएको ¥याली जाल्पारोड, बगालेटाल, चिप्लेढुंगा, न्यूरोडहुँदै पोखरा सभागृहमामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अखिल नेपाल महिला संघकी निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टी भन्दा माथि उठेर महिला नेतृ विद्या भट्टराई अधिकारीलाई जिताउनुपर्नेमा जोड दिइन् ।महिला नेतृत्व स्थापित गर्ने बेला यहि हो,‘उनले भनिन्,‘मौका आउँदा नजिताउने हो भने भोलि पछुताउनु पर्छ, त्यसैले महिलाहरु सचेत र एकजुट भएर विद्यालाई जिताउन लाग्नुपर्छ ।’

कार्यक्रममा महिला नेतृहरु रत्ना गुरुङ, वडा नम्बर ८ की महिला परिचालन समितिकी संयोजक किरण गौतमलगायतले विद्यालाई जिताएर महिला नेतृत्व स्थापित गर्न पोखरेली जनता चुक्न नहुनेमा जाड दिएका थिए ।

Comments are closed.