बादल हत्या प्रकरणःकांग्रेसको कमजोरी र चुनौती
जुन घटना नहुनुपर्थ्याे र जुन हुनैपनि हुन्थेन त्यो अन्तत बिहीवार राती रहस्यमय रुपमा भयो । एउटा होनहार प्रजातान्त्रिक योद्धा कांग्रेसले गुमायो । कांग्रेसले मात्रै होईन सिंगो समाजले गुमायो । कास्कीले गुमायो र यो देशले पनि । रामजी पौडेल ‘बादल’ जसलाई रामजी बादल नै भनेर आमले चिन्थे । उनको हत्या भयो । आफ्नै कार्यकर्ताको आक्रमणमा । सन्धर्व आसन्न १३ महाधिवेसनकै रुपमा अघि बढीरहेको थियो । आफुलाई प्रजातन्त्र र लोकतन्त्रका सच्चा पहरेदारका रुपमा उभ्याएको पार्टीको विभिन्न तह र तप्काका लागि नेतृत्व लिन खोज्नु स्वभाविक हो । तर, लेखनाथ नगर समितिको नेतृत्व होडबाजी भने कु–संस्कारका रुपमा देखा पर्यो । जसको शिकार बादल बन्न पुगे । एउटा उच्च बिचार बोकेर दशकौंदेखि मुलुकको नेतृत्वसमेत गरेको पार्टीभित्र यो किसिमको हविगत हुन्छ भन्ने कसले सोच्यो र ? नेतृत्वको हानथापलाई सकेसम्म मिलाएर सौहाद्र र सौम्य रुपमा लैजानुपर्छ भन्नेसँग पराजित मानसिकता बोकेकाहरुप्रति बिचारमा अडिग बादलको केही लागेन । विगतमा पनि कांग्रेसभित्र विवाद र नेतृत्वको होडबाजी नचलेको भने होईन । तर, कहिल्यै यस किसिमको परिणाम निस्केन ।
त्यो फरक समय र परीस्थिती थियो । बिचार नमिल्नेहरुले कैयाैँ कांग्रेसीहरुलाई निर्मम हत्या गरे तर कांग्रेसले शोकलाई शक्तिमा बदल्यो । स्वंयम फरक बिचार राख्नेहरुलाई समेत विरोधको प्रजातान्त्रिक पद्धतिमा ल्याएर संस्कार सिकाउन कांग्रेस सफल भयो । जुन प्रशंसनिय छ भन्दा अनर्थ लाग्दैन । निष्ठाको राजनीति गर्ने र गर्न सिकाउने पार्टीलाई बादल हत्या प्रकरणबाट जनताले अब कुन नजरमा हेर्ने हो आम नेतृत्व पंक्तिले प्रस्ट्याउन आवश्यक छ । हिजो अर्काे बिचार राख्नेसँग डराउनुपर्ने कांग्रेसजन अब आफ्नै पार्टीका नयाँ या पुराना नेता कार्यकर्तासँग ज्यान जोगाउनेबारे सोच्नु पर्ने अवस्थालाई कसरी सम्हाल्छ कांग्रेसले यो मुख्य चुनौती बनेको छ ।
निष्ठाको राजनीति गर्ने र समाजलाई स्वच्छ, प्रजातान्त्रिक विचारको पार्टी बनाउने हो भने त्यही किसिमको स्कुलिङ्ग गराउन छाडेर किन तरुणलाई हाम्रो पार्टीमा लागे यो सुरक्षा हुन्छ उ सुरक्षा हुन्छ, यो नेताको पावर चल्छ , यो मन्त्री हाम्रै हो भनि ढुक्क हो भनेर अपराधमा प्रेरीत गर्छन कांग्रेसी नेताहरु ? यो प्रश्न पनि गम्भीर रुपमा उठेको छ बादल हत्याकाण्ड पछि ।
पहिलो संविधानसभापछि लामो समयसम्म कांग्रेस सत्तामा रहेन । हुन त आफ्नो निश्चित स्वार्थपूर्तीका लागि राजनीतिक आवरण बोक्नेहरु अन्य दल र नेताका पिछलग्गु हुन पुगे । कांग्रेस विद्यार्थी र तरुणहरुको भण्डार हो । तैपनि उमेरले भर्खरै २० काटेका तरुणहरु जान अञ्जानमा हुने अपराधबाट जोगीन सत्ता वा शक्तिमा लागेका दलनिकट हुन खोजेको तीतो यथार्थलाई कांग्रेसमात्रै होइन कुनैपनि दलहरुले गम्भीरतापूर्वक अहिलेसम्म लिएका छैनन् । दोश्रो संविधानशभाबाट प्रमुख दल बनेको कांग्रेसमा पनि यो कमजोरी रहेको बादल हत्या प्रकरणले देखाउँछ । नेपालमा अहिलेको परीपेक्षमा यो वा त्यो कारणले तरुणहरु अपराधिक मनोवृत्तीबाट ग्रसीत छन् । त्यसको परीणामबाट छुट्कारा पाउने स्वार्थमा विभिन्न पार्टीमा आकर्षित हुन्छन् भन्ने सामान्य मनोभावना नबुझिकन २० लाई ४० र पचासलाई सयौं भनेर अबिर र खादा लगाएर स्वागत गर्न कांग्रेस हतारीएकै हो । अझै महाधिवेसनका बेला आफुसँग यति केटाहरु छन् भन्ने अहमता देखाउनकै लागि अघिपछि चुल्ठेमुन्द्रे लिएर हिड्न खोज्ने विभिन्न तहका नेताहरु यसका भागिदार छन् ।
निष्ठाको राजनीति गर्ने र समाजलाई स्वच्छ, प्रजातान्त्रिक विचारको पार्टी बनाउने हो भने त्यही किसिमको स्कुलिङ्ग गराउन छाडेर किन तरुणलाई हाम्रो पार्टीमा लागे यो सुरक्षा हुन्छ उ सुरक्षा हुन्छ, यो नेताको पावर चल्छ , यो मन्त्री हाम्रै हो भनि ढुक्क हो भनेर अपराधमा प्रेरीत गर्छन कांग्रेसी नेताहरु ? यो प्रश्न पनि गम्भीर रुपमा उठेको छ बादल हत्याकाण्ड पछि । आज हरेक सरकारी ठेक्का पट्टामा युवाहरुको आकर्षण बढेको छ । जसका लागि केटाहरु जम्मा गर्ने अधिकारीहरुलाई धम्क्याउने लगायतका काम गरीरहेका हुन्छन् । उनीहरुलाई कानूनको डर लाग्दैन । आज पक्राउ परे भोली छुटीन्छ भन्ने आत्मविश्वास लिएका हुन्छन् । त्यो आत्मविश्वास दिलाउने र त्यस्ताखाले कुकर्ममा लगाउन प्रेरीत गर्ने नेताहरु कांग्रेसमै रहेसम्म कसरी पार्टी नै अपराधिकरणबाट उम्कन सक्छ । आखिर ती युवाहरुलाई ट्याग त पार्टीकै यो वा उ तहको समितिमा पदाधिकारीकै रुपमा दिइएको हुन्छ ।
रामजी हत्या प्रकरणको उद्गमविन्दु क्रियाशील सदस्यता वितरण भनिएको छ । क्रियाशील सदस्य बन्नका लागि चाहिने योग्यता के के हुन् ? के एउटा केन्द्रीय नेता पार्टीको कुनै कार्यक्रममा आउँदा अबिर र खादा लगाईदिएकै भरमा जो कोही पनि क्रियाशील सदस्य बन्न सक्छ ? । उसको भित्री मनोभाव नबुझिकन कुनै समितिको अध्यक्ष या पदाधिकारी पद दिनैपर्ने बाध्यता रहन्छ ?
राजनीति गर्नेहरु जिम्मेवार र परिपक्व हुनुपर्छ । त्यो परीपक्वताका लागि यति समय साधारण सदस्य रहेर काम गर्नुपर्ने र यतिसमय पछि मात्रै जिम्मेवार पदमा बस्न पाईने भन्ने हुन्छ कि हुँदैन हरेक दलमा ? त्यो किसिमको प्रावधान कांग्रेसमा छ कि छैन ? नेतृत्वले समिक्षा गरोस् । तर, परीपक्कता र जिम्मेवार नेतृत्व क्षमता नबुझिकन, हचुवाका भरमा दुईदिन झण्डा बोक्यो, आफ्ना पछाडी यति केटाहरु जम्मा गर्यो र अधिवेशनमा चुल्ठेमुन्द्रे २० पचास केटा जम्मा गर्छ भन्दैमा भातृसंगठनको नेतृत्वमा ल्याउने प्रवित्तिबारे कांग्रेसले सोच्नैपर्छ । किनकी नेपाली कांग्रेस आफैमा मुलुकको जिम्मेवार पार्टी हो यो कुरालाई स्थानीय तहसम्म स्थापित गर्नका लागि पनि । नत्र कांग्रेसले पार्टीभित्र समाजवाद होईन डनवादको सिद्धान्त लागुू गर्छ भन्य मानसिकता ईमान्दार नेता कार्यकर्तामा पर्छ यसको असर स्वयंम कांग्रेसलाई मात्र होईन समाज र मुलुकलाई समेत पर्न जान्छ ।
रामजी हत्या प्रकरणको उद्गमविन्दु क्रियाशील सदस्यता वितरण भनिएको छ । माथी उल्लेख गरीएझंै क्रियाशील सदस्य बन्नका लागि चाहिने योग्यता के के हुन् ? के एउटा केन्द्रीय नेता पार्टीको कुनै कार्यक्रममा आउँदा अबिर र खादा लगाईदिएकै भरमा जो कोही पनि क्रियाशील सदस्य बन्न सक्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । उसको भित्री मनोभाव नबुझिकन कुनै समितिको अध्यक्ष या पदाधिकारी पद दिनैपर्ने बाध्यता रहन्छ ? जब आफ्नो अपराधिक स्वार्थसिद्धका लागि प्रवेश गरेको पार्टीको भातृसंगठनको नेतृत्वमा पुगेपछि उसको पार्टी र तीनको निष्ठावान नेतालाई कुन अहमताका साथ हेर्छ यो कांग्रेसका नेताले बुझनुपर्दछ । कि कांग्रेस अन्य दल या समाजमा नअटेका अपराधिक मानसिकताका प्राणीहरुको डम्पिङ्गसाइट हो ? यसको जवाफ कांग्रेसले कुन रुपमा दिन सक्छ अब आम जनताले सोध्ने प्रश्न हो । किनकी आम नागरिकले आस्था र विश्वास राखेको पार्टीमा कस्ता प्रवृत्तीका मान्छेहरु छन् र त्यो लाग्दा कत्तिको सुरक्षित छु भन्ने खुल्दुली जाग्न थालेको छ पछिल्लो घटना क्रमले ।
जसरी आफ्ना पक्षका कार्यकर्तालाई उचाल्ने र अरुलाई पछार्ने पद्धतीको अन्त्य हुँदैन तबसम्म रामजी बादल हत्या प्रकरण या अन्य अपराधिक प्रकरण नदोहोरिएलान् भन्न सकिँदैन ।
सत्ताकै खेलमा लागेर विभाजन हुन पुगेको कांग्रेस एकताको वर्षौदेखि अहिलेसम्म पनि गुट र उपगुटमा झेलिएको कुरा ओपन सेक्रेट नै हो । १२ औं महाधिवेसनलाई एकताको महाधिवेसन भनिएपनि पछिल्ला क्रियाकलापमा साठी चालिसको भागबण्डा सतहीरुपमा लगाउनुले यस कुरालाई प्रमाणित गर्दै आएको छ । रामजी बादल हत्या प्रकरण पनि गुट उपगुट संस्कारको कालो उपज हो । सामिप्यताका हिसाबले जो जुनसुकै नेतासँग नजिक हुन सक्दछ र हुन पाँउछ पनि । यो कुरा प्रजातान्त्रिक पार्टी कांग्रेसले नकार्न पाउँदैन । आज संस्थापन भनिएका नेताहरु भोली अरु कुनै ट्यागमा र आज फरक ट्याग दिइएकाहरु भोली संस्थापनमा हुन सक्छन् र जो जहाँ भएपनि समान विचार बोकेरै हिड्ने हुन् भन्ने कुरालाई किन कांग्रेसका केही नेताहरुले आत्मसाथ गर्न सकिरहेका छैनन् ? किन यो खेमालाई भित्तामा पुर्याउनुपर्छ र आफु अघि जानुपर्छ भन्ने गलत सोंचलाई हावी गर्न खोज्ने प्रवृति बढेको छ । विभिन्न तह र तप्कामा पदहरु छन् आपसमा मिलाएर जानुपर्छ नभए प्रजातान्त्रिक पद्धतीअन्र्तगत चुनावी प्रक्रिया छँदैछ । यी कुरा विर्सेर जसरी आफ्ना पक्षका कार्यकर्तालाई उचाल्ने र अरुलाई पछार्ने पद्धतीको अन्त्य हुँदैन तबसम्म रामजी बादल हत्या प्रकरण या अन्य अपराधिक प्रकरण नदोहोरिएलान् भन्न सकिँदैन ।
सभ्य समाज बनाउनुपर्छ विकासका मुलहरु गाउँ, नगर जिल्ला हुँदै देशैभरी फुटाउनुपर्छ भन्ने मानशिकता लिएर आमजनताको मन जित्नुपर्नेमा आफ्नै घरभित्र रडाको मच्चाएर दुनियाँ हँसाउने काम कांग्रेसमा भइरहेको छ यसले पक्कै पनि भविष्यमा पछुताउनु नपर्ला भन्न सकिँदैन । यसबारे बेलैमा सजग हुनुपर्छ कांग्रेस र अब पार्टीमा अपराधिक मानशिकता बोकेका, निश्चित स्वार्थसिद्ध गर्न खोज्ने, एकलौटी नेतृत्वको पछि लाग्ने प्रवित्तिका व्यक्तिहरुको प्रवेशमा कडाई गर्नु निर्विकल्प छ । यो सिद्ध गर्नका लागि सबैभन्दा पहिले यो वा उ मेरो पक्षको नभनिकन रामजी बादलको रहस्यमय हत्यामा संग्लग्नलाई यथासिघ्र कारवाहीको दायरामा ल्याउन कांग्रेसभित्रैबाट पहल जरुरी छ । तब मात्रै बादलको मृत आत्माले चिर शान्ति पाउनेछ । सबै मिलेर समाजमा प्रजातान्त्रिक अभ्यास र यसको विकास गरौं भन्ने उनको विचारले सम्मान पाउनेछ । अलविदा रामजी बादल ।
पाैडेल नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य हुन् ।
Comments are closed.