काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्कीएका छन्।
गत फागुन ३ गते राति बुद्धनगरस्थित आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका डा भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुँदै आएको थियो ।
झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कीएका हुन्।
पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्न गर्न थालेका छन् । भण्डारीको बाँकी उपचार अब नेपालमै हुने बताइएको छ ।
Comments are closed.