मङ्गलबारकाे भूकम्पमा मर्नेको संख्या १७ पुग्यो, पाँच सय घाइते

Kathmandu-Bhukampa-Ghaite

पाेखरा, २९ बैशाख । आजको महाभूकम्पबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

 

Land-slide-after-Earth-Quake

भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ । दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । राजधानीमा पनि दुइ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएङ्काे छ। सर्लाहीको हरिवनमा ५० बर्षीय सुकमाया मगरको भूकम्पमा परी ज्यान गएको छ । उनका १८ बर्षीय छोरा घाइते भएका छन् ।  सुनसरीमा पनि दुई जनााको ज्यान गएको छ ।

Kathmandu-Bhukampa-Ghaite2गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो । सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

अहिलेसम्म  मात्रै ५ सय भन्दा बढी घाइते भएका छन् ।

दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४ रेक्टर स्केलको भनेको छ । तर, राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.८ रेक्टर स्कोरको भएको बताएको छ ।

 

थप विवरण आउन बाँकी छ ।

Comments are closed.