काठमाडौंको मेयरमा भुवन केसी उठ्ने

 

 

काठमाडौं, चैत २३ ,

अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ ।अध्यक्ष स्वागत नेपालद्वारा आज सार्वजनिक विज्ञप्ति अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केसीलाई मेयरमा उठाउने निर्णय गरेको हो । सार्वजनिक विज्ञप्ति अनुसार उपमेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरिएको छ ।केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने पार्टीको विश्वास रहेको सार्वजनि विज्ञप्तिमा उल्लेख छ ।

Comments are closed.