काठमाडौंबाट पोखरा आउँदै गरेको कार त्रिशुली नदीमा खस्यो,तीन जना बेपत्ता

काठमाडौंबाट पोखरा आउँदै गरेको कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ नाग्दीखोलास्थित ग.२ च ४९१८ नम्बरको कार बिहीबार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी भने घाइते हुनुभएको छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

 

Comments are closed.