काठमाडौंबाट हवाइजहाजमा पोखरा आउँदा पनि कर्मचारीहरु मलेखुमा थकाली खाना खाएर आउँछन् !

-रमितेकाे कलम


197659463_laughing_xlargeतपाईं पत्याए पत्याउनोस् न पत्याए नपत्याउनोस् सरकारी कर्मचारीहरु र विकासे कार्यक्रम चलाउने कार्यालयमा काम गर्ने अभियन्ताहरु काठमाडौंबाट हवाइजहाजमा उडेर पोखरा आउँदा पनि बीच बाटोमा पर्ने मलेखुमा माछा भात नभए मुगलिन बजारमा थकाली खाना खाएर मात्र पोखरा आउने गर्दछन् । यो सत्य हो ।

तपाई नपत्याउन सक्नु हुन्छ । यो कसरी सम्भव छ । मलेखु र मुगलिनमा कुनै विमानस्थल छैन । अनि विमान कसरी बस्छ ? विमान नबसे पछि मलेखु र मुगलिनमा खाना कसरी खान सक्छन् ? तपाईको जिज्ञासा ठिकै हो । तर विकासे आयोजनामा काम गर्ने नेपाल सरकारका कर्मचारीले भने काठमाडौंबाट हवाइजहाजमा पोखरा आउँदा वा पोखराबाट काठमाडौं जाँदा मलेखु वा मुगलिनमा सधैं खाना खाने गरेको भेटिएको छ ।
तिनले काठमाडौं–पोखरा हवाईजहाजमा यात्रा गरेको टिकटको साथसाथै मलेखु वा मुगलिनमा माछा भात वा थकाली खाना खाएको बिल पनि साथै पेश गरेको भेटिएको छ । त्यस्तो भेटिएको कार्यालय र कर्मचारी वा हाकिम को हो पत्ता लगाउने काम तपाईहरुको जिम्मा है ।

Comments are closed.