काठमाडौं उपत्यकामा भदौ ८ गतेसम्म कडा निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ।

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय लिएको छ।   काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गर्नुभएको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ ।

कोरोनाको जोखिम झन् बढ्दै गएकाले यस्तो कदम चालिएको बताएका छन्।अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।

Comments are closed.