काठमाण्डौबाट आएर आत्महत्या गर्न फेवातालमा हामफालेको जोडीलाइ प्रहरीले बचायो

पोखरा २५ असार ।काठमाण्डौबाट एउटा जोडी बुधबार रातपरेपछि पोखरामा उत्रियो । केटा २१ बर्षका । केटी १७ बर्षकी । उनिहरु सिधै गए, डेभिजफल्समा । त्यहाँको गेट बन्द थियो । त्यसपछि, फर्के लेकसाइडमा । पैदल नै हिँडेर लेकसाइड गौरीघाट सम्म आए । दुवैले एक अर्काको हात समातेर फेवातालमा हामफाले । नजिकै एक स्थानियले हामफालेको दृश्य देखे । उनले खबर गरे, बैदाम प्रहरीमा ।

बैदाम प्रहरीको ‘स्विमर’ टोली तत्काल घटनास्थलमा पुग्यो । केटा आत्तिँदै आफुले जाने अनुसार तालमा उत्रँदै थिए । केटी भने डुबिसकेकी थिइन् । धन्य ! बैदाम प्रहरीको टोलीले उनिहरुलाई बचाउन सफल भयो ।प्रहरीले दुवैलाई वडा प्रहरी कार्यालय बैदाम ल्यायो । केटीले अलि बढी पानी निलेकी थिइन् । उनले निलेको पानी झिकियो । रातभर उद्धार र सोही घटना मिलाउन खटिएका बैदाम प्रहरीका निरीक्षक विरेन्द्र गोदार भन्छन्– ‘उद्धारमा केही मिनेट ढिलो भएको भए, दुवैको ज्यान जान्थ्यो ।’

किन रोजे आत्महत्याको बाटो ?
प्रहरीले केटाकेटीका बारेमाunnamed (3) नबताएपनि, पोखरा हटलाइनले उनिहरुको बारेमा केही तथ्य पत्ता लगाएको छ । काठमाण्डौको बानेश्वरमा धनाढ्य परिवारकी छोरी घिमिरे थरकी युवती र सोही टोलमा बस्ने सिन्धुपाल्चोकका सन्दिप घोरासिनीसँग प्रेम सम्बन्ध रह्यो । दुवै एक अर्कालाई अत्यन्त मन पराउँथे । उनिहरु प्लस टु का विद्यार्थी हुन् । फरक कलेजका । एउटै टोलमा बसाईं उनिहरुको प्रेममा मलजलको कारण बन्यो । नेपाल राष्ट्र बैंकको उच्च ओहदामा रहेका युवतीका पिताले त झन् मान्ने कुरै भएन ।

आफुहरुको प्रेम सम्बन्ध सफल नहुने भएपछि, उनिहरु दुवैले पोखरा गएर आत्महत्या गर्ने निर्णय रोजे । पहिला पोखरा आइसकेका सन्दिपले पोखराको पातले छाँगो (डेभिजफल्स) त्यसका लागि उपयुक्त रहेको निष्कर्ष निकाले । त्यसपछि, दुवै आए पोखरा । तर रातको समयमा डेभिजफल्स बन्द भएका कारण, उनिहरु फेवाताल तर्फ आए ।

डेभिजफल्स बन्द भएका कारण उनिहरुले फेवाताल रोजे । फेवातालमा हामफालेको अवस्थामा स्थानीयले देखेकै कारण उनिहरुको ज्यान बच्यो । डेभिजफल्समा हाम फालेको भए उनिहरुको जिवन त गुम्थ्यो नै, धेरै दिन सम्म बेपत्ताकै सूचिमा हुन्थे होला ।

अब के होला ?

तालमा हामफालेका दुवैलाई प्रहरीले राती बैदाम चौकीमा ल्यायो । बैदाम प्रहरीको खबरपछि, केटीका पिता आफ्नै गाडी लिएर राती नै पोखराका लागि हिँडे र आएपनि । करिब पौने ६ बजे पोखरा आएका उनी सात बजे छोरीलाई लिएर काठमाडौं फर्के । केटा एक्लै भए । केटाका दाजु बिहीबार जहाजबाट, पोखरा आए । अनि दिउँसो अबेर केटालाई बुझेर लगे । उनीहरुको अबको प्रेम यात्रा के हुने ? भन्ने बारेमा दुवैले थप सल्लाह नै गर्न पाएनन् । बैदामका प्रहरी निरिक्षक गोदार भन्छन्– ‘केटीका बुवाले पहिला दुवै जना पढ्नुपर्छ । अनि पछिको कुरा हेरौंला भनेर लगेका छन् । तर त्यो भविष्यले बताउने कुरा हो ।’

Comments are closed.