‘कानुन पढ्न गएको, गोलभेंडा बेच्न जान्ने भएर आएछ भन्थे’

अमृत सुवेदी/पोखरा २८ बैशाख

मानिस कसरी, के कुरामा सफल हुन्छ भन्ने कुरा उसको ईच्छाशक्ति र लगावमा भर पर्छ । इच्छाशक्ति, आत्मविश्वस र निरन्तरको लगाव भयो भने जे कुरामा पनि सफल हुन सकिन्छ भन्ने राकृष्ण दुवाडीलाई उतिबेलै लागेको थियो जतिबेला उनले सामान्य तरकारी व्यापार सुरु गरेका थिए ।10616333_1490082741277274_3793740967338513757_n

कानुनका विद्यार्थी रामकृष्ण दवाडीले पोखराको चिप्लेढुङ्गामा तरकारी बेच्न सुरु गर्दा मान्छेहरुले उनलाई जिस्क्याउँथे, ‘कानुन पढ्न गएको, गोलभेंडा बेच्न जान्ने भएर आएछ ।’ कसैले त उनलाई पागल भएछ पनि भने । तर उनको विश्वास ढगमगाएन् । आँफुले थालेको व्यवसायको सम्मान गर्दै निरन्तर लागिरहे । फल स्वरुप उनी अहिले सफल व्यापारीका रुपमा चिनिएका छन् । २०५२ सालमा पोखराको चिप्लेढुङ्गामा सटर भाडामा लिएर तरकारी बेच्न सुरु गर्दा उनीसँग त्यही आत्मविश्वास थियो । जसले आज सफल बनाएको छ ।

उनको अहिले कृषि उपज बजार शान्ति बन बाटिकामा ताजा तरकारी नामको थोक तथा खुद्रा पसल छ । अहिले उनको दिनहुँ लाखौं रुपैयाँको कारोबार हुन्छ । बि.सं.२०२१ सालमा धादिङमा जन्मेका दवाडीले काठमाडौंको ल क्याम्पसवाट आइएल पास गरेका छन् । बिएल पढ्दापढ्दै उनले ७ बर्ष एनजिओको जागिर खाए । त्यसै क्रममा नेपालका ५२ जिल्ला घुमेका छन् । त्यही क्रममा उनले तरकारीमा भविष्य देखे । तर, हुँदाखाँदाको जागिर छोडेर उनले आफ्नो व्यवसाय सुरु गरे । जागिर छोड्दा उनलाई संचयकोष, तलबभत्ता गरि एक लाख रुपैयाँ आयो । त्यही पैसाले उनले तरकारी पसल खोले । ‘हुँहाहुँदैको जागिर छोड्नु ठिक होइन तर, आफ्नो इच्छाशक्तिलाई मार्नु हुँदैन्’ उनले भने । उनले ठेलामा तरकारी बेच्नेदेखि बोक्नेसम्म गरे ।

त्यतिबेला व्यवसायमा चुनौति थियो । ‘त्यतिबेला तरकारी बेच्ने काम मधेसी मुलका मान्छेहरुले गर्ने हो भन्थे । पहाडी मुलका तरकारी व्यवसायी थिएनन्’ उनले भने ‘पहिले मलाई कानुन पढेको गोलभेंडा व्यापारी भनेर जिस्क्याउँथे । अहिले म सँग नै सल्लाह र सहयोग माग्न आउँछन् ।’ अहिले उनको पोखरा १० मा घर छ । परिवार खुसी छन् । छोराछोरी राम्रो कलेज तथा स्कुलमा पढेका छन् । दुवाडीले भने ‘मैले कहिल्यै पछाडी फर्केर हेरिन, नराम्रो सोंचिन, जहिले पनि सकरात्मक सोंच र भविष्य हेरेर काम गरे । जसले मलाई आज सफल बनाएको छ ।’Kalimati-veg-bazar03_20120927090920

उनी तरकारी बेच्ने काम मात्रै गर्दैनन् । सामाजिक काममा पनि उत्तिकै क्रियाशिल छन् । पोखरा थोक व्यवसायी संघ, कृषि उपज वजार संचालक समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । युवालाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्न वाग्लुङ र पर्वतका केही यूवालाई दवाडीले सहयोग पनि गरेका छन् । ति युवाले अहिले करिब ७० रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी गरेका छन् । त्यसका लागि मल बिऊ र बजारीकरणको व्यवस्था पनि दुवाडीले नै मिलाउने गरेका छन् । उनले लाहाचोकमा तरकारी संकलन केन्द्र निर्माणका लागि पनि सहयोग गरेका छन् ।

तरकारी फलाउने र बेच्ने व्यापारीको समन्वय हुनुपर्ने उनलाई लाग्छ । उनी विभिन्न समितिमा रहेर काम गर्दा त्यही मुद्धा उठाएका थिए । किसान, व्यवसायी र उपभोक्ताबीचको दुरी घटाउनुपर्छ । किसानको मेहनत खेर जान नदिने र मौका पाउँदापाउँदा भनेर व्यापारीले पनि ढाड सक्ने काम गर्न नहुने उनको भनाई छ । सानो लगानीवाट पनि काम सुरु गरेर ठूलो र प्रतिष्ठित बनाउन सकिन्छ भन्ने आत्मविश्वास राख्न उनले अहिलेका यूवालाई आग्रह गर्छन् ।

Comments are closed.