पोखरा हटलाईन
स्याङ्जा, २ जेठ
नेपाली काँग्रेसका नेता संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले जिल्ला कारागार स्याङ्जामा रहेका कैदीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ मार्फत उनले स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।जिल्लाका ११ स्थानीय तह र जिल्लास्थित विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रदान गर्दै जाने बताएका छन् । आवश्यकता र अनिवार्यताको आधारमा स्वास्थ्य सामाग्रही प्रदान गरेको श्रेष्ठले बताए ।
जिल्ला कारागारलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री बुझ्दै कारागार कार्यालय प्रमुख चुडामणी भण्डारीले कारागारमा रहेका कैदीहरुलाई विभिन्न निकायले स्वास्थ्य सामाग्री प्रदान गरेपनि अपुग भएको बताए । उनका अनुसार कारागारमा १ सय ३७ पुरुष र १३ महिलालाई स्वास्थ्य सामाग्री पु¥याउनै कठिन भएको छ ।स्वास्थ्य सामाग्रही प्रदान गर्दै जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष श्रेष्ठले राज्य कमजोर र नागरिक आक्रान्त बनेको बेला नगद, जिन्सी र स्वास्थ्य सामाग्री प्रदान गर्नु नागरिक समाजका अगुवाहरुको दायित्व समेत रहेको बताए ।
यसैबीच स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिक १ सहिदचोकमा शुभ संगीता मेडिकल संचालक बिनोद अर्यालले जिल्ला कारागारमा रहेका कैदीलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।श्रेष्ठ र अर्यालले कैदीबन्दीहरुलाई लक्षित गरि सेनिटाईजर, सर्जिकल माक्स प्रदान गरेका हुन् । जिल्ला कारागारमा जिल्लाका विभिन्न सामाजिक व्यक्तित्वहरुले सहयोग प्रदान गर्दै आएका छन् ।
Comments are closed.