पोखरा २१ चैत । वन संरक्षण,संंवद्र्धन र विकाससंगै उपयोग गर्दै आएका सामुदायिक वन समुहका उपभोक्ताले विश्व बजारमा कार्वन विक्री गरे वापत मुलुकले प्राप्त गर्ने रकम समानुपातिक वितरण गर्न माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कास्की हरियो वन कार्यक्रमद्धारा आज माझठाना गाविसमा आयोजित सामुदायिक वन तथा रेडप्लस रणनीति परामर्श गोष्ठीका सहभागिहरुले सो माग गरेका हुन ।
वन विनास एवं क्षेयीकरणलाई कम गरि हरितगृह ग्यास उत्सर्जन न्यूनिकरण गर्ने उदेश्य रहेको सो गोष्ठीमा माझठाना गाविसका ३३ सामुदायिक वन समुहका ३५ जनाको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका महासचिव सुनमाया नेपाल ,संचारकर्मी हरि वास्तोला र हरियो वन कार्यक्रम संयोजक रचना न्यौपानेले सहजिकरण गर्नुभएको यियो । महासंघ शिशुवा रेन्जपोष्टका सदस्य लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ जिल्ला सदस्य इन्द्र वहादुर खत्री र गाविस सहायक वुद्धिराज लामिछानेले वनको महत्व माथि प्रकाश पार्नु भएको थियो ।
Comments are closed.