
पहिरोले कालीगण्डकी नदीमा दुई सय मिटर अग्लो ड्याम बनेको धौलागिरी अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताए। ड्याम भरिएर ओभर फ्लो हुन अझै समय लाग्ने चौधरीले बताए। ‘अझै ५० मिटर पानीको सतह बढेपछि ओभर फ्लो हुनेछ,’ चौधरीले भने, ‘पहाडनै खसेकोले ठूलो ड्याम बन्यो।’ ड्याम खोल्नको लागि प्राविधिकको टोली ल्याउने तयारी भएको उनले जानकारी दिए।’विज्ञ सहितको टोली हेलिकप्टरबाट ल्याउने तयारी भएको छ,’ उनले भने।
सदरमुकाम क्षेत्र प्राय: खाली भएको छ । बैंक तथा वित्तिय संस्थाहरु लकर सुरक्षा गर्न उच्च सर्तकतामा छन् । बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सदरमुकाम बचाउ कार्यक्रम अन्र्तगत बेनीमा पुरानो ग्याभिन हटाईएको र नया तयार नभएकोले नदीमा बाढी आएमा बेनीमा पहिलो क्षति पुर्याउने छ । मानवीय क्षतिको विवरण आएको छैन ।
कालीगण्डकी नदी थुनिएपछि कालीगण्डकी नदीका तटीय क्षेत्रका सात जिल्लाका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा बस्न ‘हाइ अलर्ट’ गराई सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएका छन्। म्याग्दी,पर्वत,बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, नवलपरासी जिल्लाका नदी निकारका बस्तीमा उच्च सर्तकता अपनाउँदै खाली गरिएको छ। बेनीबजार हुँदै बग्ने कालिगण्डकीमा राहुघाट खोलाको पानी मात्र आएको छ। सर्वसाधारण मध्यरातमा आसपासका डाँडामा गएर बसेका छन्। जनजिवन त्रसित अवस्थामा रहेको छ। नदी थुनिएपछि बसपार्कमा रहेका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ लगिएको छ। विभिन्न जिल्लाबाट म्याग्दी आउने रात्रीबसहरू विचबाटोमै रोकिएका छन्।
कालीगण्डकी ए को उत्पादन बन्द , ड्याममा उच्च सतर्कता



ड्याम साइटमा रहेका सम्पूर्ण गेटहरु परीक्षण गरेर हेरिएको र सबै दुरुस्त अवस्थामा रहेका केन्द्रले जनाएको छ। जलासय बनेको म्याग्दीको काफल डाँडाको अवस्थाबारे यहाँका अधिकारीहरुले निरन्तर जानकारी लिइरहेका छन्। सबै कर्मचारीलाई हाइ एलर्टमा राखिएको छ।शनिबारसम्म डाइभर्सन रेडियल गेट नं. एक मर्मत भैरहेको थियो। उक्त गेटमा मेकानिकल मेन्टिनेन्सलगायत स्टिल लाइनरमा समेत मर्मत कार्य भैरहेको थियो। कंक्रिट स्टक्चरमा एपोक्सी लगाउने काम भैरहेको थियो।

Comments are closed.