सदरमुकाम बेनीदेखि ९ किलोमिटर उत्तर बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा पर्ने बैसरीमा राम्चे गाविस, ९ महभीर फुटेर पहिरो झरेपछि कालिगण्डकी थुनिएको छ । ८ बजेर १५ मिनेट मा ६ जनाको उद्दार टोली लिएर हेलिकप्टर म्याग्दीको लागि प्रस्थान गरेको नेपाल प्रहरीले जनाएको छ । हेलिप्याड घटनास्थल भन्दा १ किलोमिटर माथि बनाइएको बताएको छ ।
सदरमुकाम बेनीदेखि ९ किलोमिटर उत्तर बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा पर्ने बैसरीमा राम्चे गाविस, ९ महभीर फुटेर पहिरो झरेपछि कालिगण्डकी नदी थुनिएको छ । आइतबार बिहान १ बजे झरेको पहिरोले भगतवती गाविस, २ बैसरीमा कालिगण्डकी नदी थुनिएको हो । पहिरोले बैसरी बजारसमेत कम्तीमा २६ घर पुरेको छ । मानवीय हताहती भएको छैन । कालिगण्डकी थुनिएपछि तटिय क्षेत्रका म्याग्दी सदरमुकाम बेनीबाट स्याङ्गजासम्मका वस्ती उच्च जोखिममा छन् । बेनी तथा नदी किनाराका बासिन्दा सुरक्षित स्थानको खोजीमा डाँडापाखामा पुगेका छन् । सदरमुकाम क्षेत्र प्राय: खाली भएको छ । बैंक तथा वित्तिय संस्थाहरु लकर सुरक्षा गर्न उच्च सर्तकतामा छन् । बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
सदरमुकाम बचाउ कार्यक्रम अन्र्तगत बेनीमा पुरानो ग्याभिन हटाईएको र नया तयार नभएकोले नदीमा बाढी आएमा बेनीमा पहिलो क्षति पुर्याउने छ ।
पहिरोको नजिक ऋषिनचौतारी रहेका नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसीका अनुसार पहिरोको उचाई अन्दाजी ८० मिटर छ । मानवीय क्षतिको विवरण आएको छैन । करिव २५ घर पुरेको छ । शुक्रबार बिहानदेखी पहिरो र्झन थलेपछि बैंशरी क्षेत्रका २६ परिवारलाई सुरक्षित स्थलमा पुर्याइएको थियो ।
‘राती १ बजेदेखि नदी थुनिएकोले तटिय क्षेत्रमा सतर्क हुन र सुरक्षित स्थलमा जान भनेका छौं । राती भएकोले क्षतिको विवरण प्राप्त भएको छैन,’ प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । यसैगरी नेपाल प्रहरीले आफ्नो ट्विटर अकाउन्टबाट कालिगण्डकी थुनिन गई १५० मि. गहिराई, १ कि.मि लम्बाई, १०० मि. चौडाई पानिले डुबेको जनाएको छ। खुलाउने पहल भइरहेको, अहिलेसम्म कुनै मानबिय क्षति नभएको उल्लेख गरेको छ । म्याग्दी कारागार डुबान हुन सक्ने भन्दै त्यहाँ रहेका कैदिबन्दी थुनुवाहरुलाई जिविसको सभाहलमा सार्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
Comments are closed.