कालो चामल पोखरा भित्रियो, किलोको ८ सय


सन्देश श्रेष्ठ
पोखरा, २१ मघ
के तपाईंले कहिल्यै कालो चामल देख्नु भएको छ ? वा कहिल्यै कालो चामलको भात खानु भएको छ ? सायदै देख्नु भएको होला । किनकी हामीले दिनहुँ प्रयोग गर्ने प्राय सबै चामल सेतो हुन्छ । यदि देख्नु नै भएको छ भनेपनि कालो रङ दलेको होला भनेर शङ्कालु दृष्टिकोण राख्नुहुन्छ पक्कैपनि ।

तर तपाईं हामीले शङ्काले हेरेपनि जि–६० जातको धानको चामल कालो नै हुन्छ । यो धान नेपालकै दाङ, सल्यान र रुकुममा ब्यबसायीक र अन्य जिल्लामा पनि उत्पादन गर्न शुरु गुिरएको छ । यसको धानको खोष्टा सामान्य कालो भएपनि चामल भने पूरै अंगार खालको कालो हुन्छ ।

हो यहि चामल हाल पोखरा भित्रिएको छ । पहिलोपटक पोखरा भित्रिएको यो चामल देखेर पोखरेलीहरु छक्क परेका छन् । पोखराको चिप्लेढुङ्गास्थित बिनायक फ्रेस हाउसमा बेच्नको लागि राखिएको यो चामलको मूल्य प्रतिकेजी ८ सय रुपैयाँ तोकिएको छ । बिऊको मूल्य नै बढी पर्ने र उत्पादन पनि कम हुने भएकाले मूल्य पनि धेरै राँनुपरेको कृषकहरुको भनाई छ ।

अन्य चामलको तुलनामा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको यो चामल दैनिक १५ देखी २० ग्राम मात्र खाएपनि अघाईने धान उत्पादक विविध कृषि फर्म प्रालिका सञ्चालक चुडामणी देवकोटाले बताए । उनका अनुसार यो चामलमा अत्यधिक प्रोटिन हुने भएकाले धेरै खाएमा भने अपच जस्ता समस्या देखिन्छ । नियमित मात्रा मिलाएर खाएमा रक्तअल्पता, क्यान्सर, मधुमेह, उच्च रक्तचाप, अल्जाइमर, ह््रदयघात, मुटुरोगलगायतका रोगहरुबाट बच्न मद्धत गर्ने उनले दाबी गरे ।

यो चामल अन्य चामलमा मिसाएर खाँदा उपयुक्त हुने अर्का कृषक दुर्योधन ओलीले बताए । उनका अनुसार चामल पकाउनु १२ देखी १४ घण्टा अघीदेखिनै भिजाएर राखेमा नरम हुने र चाँडै पाक्छ ।

चार वर्षअघी चीनबाट बिऊ ल्याएर शुरु गरिएको थियो भने यस वर्ष ७ सय मुरी उत्पादन भएको विविध कृषि फर्म प्रालिका सञ्चालक चुडामणी देवकोटाले बताए । यो चामल हाल काठमाडौं, पोखरा, हेटौंडालगायतका जिल्लासहित भारतमा समेत निर्यात हुन थालेको उनले बताए ।

Comments are closed.