कास्कीका १ सय ३२ सामुदायिक विद्यालयको अवस्था नाजुक

विद्यालय गाभ्न तत्थ्याङ्क तयार पार्दै जिल्ला शिक्षा कार्यालय


 

अमृत सुवेदी ।
पोखरा १ फागुन । कास्कीका सामुदायिक विद्यालयहरुको अवस्था नाजुक बन्दै जान थालेको छ । हचुवाका भरमा भेग, जनसंख्या नहेरी स्थापित यस्ता विद्यालय समुदाय, शिक्षक र शिक्षा कार्यालयका लागि टाउको दुखाइ बन्न थालेका छन् । कास्कीमा अहिले १ सय ३२ सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । kuldip_primary__1411973739
विद्यालयको एक अर्काबीचको दूरी, विद्यार्थी संख्या, समुदायको आयस्तर र भौगोलिक बनावट ख्यालै नगरी खोलिएका विद्यालयको व्यवस्थापनमा लागिएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । अधिकांश प्राथमिक तहका विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको उनले बताए ।


 

विद्यार्थी संख्या कम भएका विद्यालयको वास्तविक तत्थ्याङ्क निकाल्न स्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुले काम थालिसकेका छन् । त्यस लगत्तै विद्यालय गाभ्ने प्रक्रिया सुरु हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


‘शिक्षा नियमावली २०५९ अनुसार ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्छ । कास्कीमा यो संभव नै छैन’ जिल्ला शिक्षा अधिकारी आचार्यले भने । तर, कास्कीमा दरबन्दी मिलान गर्दा शिक्षा समितिले बिस जना बराबर एक शिक्षक हुनुपर्ने नियम बनाएको छ । प्राथमिक तहका केही विद्यालयमा बीस जना पनि छैनन् । त्यस्ता विद्यालयहरुलाई गाभ्ने अभियानमा जिल्ला शिक्षा कार्यालय लागेको छ ।
‘कुन विद्यालयमा विद्यार्थीको संख्या कति छ त भनेर हामीले तत्थ्याङ्क लिन सुरु गरेका छौं । तत्थ्याङ्क आउने बित्तिकै हामी विद्यालय मिलानको प्रक्रिया सुरु गछौं’, आचार्यले भने ।
ग्रामिण क्षेत्रमा बसाईंसराईं र शहरी क्षेत्रमा बोर्डिङ स्कूलका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको शिक्षा कार्यालय बताउँछ । ग्रामिण भेगमा अधिकांश प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या कम रहेको उनको भनाई छ । कास्कीमा अहिलेसम्म २६ वटा विद्यालय गाभिएका छन् । केही समय अघि मात्र विद्यार्थीको संख्या कम भएपछि हेमजाको बालकल्याण प्रावि र ग्रामप्रकाश प्रावि गाभिएका थिए । ‘विद्यालयको संख्या बढाउनुभन्दा सरकारी विद्यालयलाई गाभ्ने र तह घटाएर विद्यार्थी बढाउने अभियानमा लाग्नेछौं’, आचार्यले भने ।

wfp-org_30_dec__1419907243गाउँका मान्छे शहर केन्द्रीत हुँदै जानु र शहरमा निजी विद्यालयहरुको आकर्षणमा कारण सामुदायिक विद्यालय अहिले विद्यार्थी विहीन हुने बाटोमा उन्मुख छन् । विद्यार्थी संख्या कम भएका विद्यालयको वास्तविक तत्थ्याङ्क निकाल्न स्रोत व्यक्ति र विद्यालय निरक्षिकहरुले काम थालिसकेको छन् । त्यस लगत्तै विद्यालय गाभ्ने प्रक्रिया सुरु हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बर्षेनी भर्ना अभियान थालिएपनि उनीहरुलाई निरन्तर पढ्ने वातावरण नबन्दा कतिपय विद्यार्थीले विचैमा पढाई छाड्ने गरेका छन् ।

गाभ्नुपर्ने अधिकांश विद्यालयले भौतिक पूर्वाधार र आर्थिक सहयोग मागेर पनि विद्यालय चलाइरहेका छन् । कतिपय विद्यालयले शिक्षकको जागिर सकिने लोभले पनि गाभ्न र तह घटाउन आनाकानी गर्दै आएका छन् । विद्यालय प्रशासन र व्यवस्थापन समितिले आफ्नो ठाउँ मात्रै खोज्ने तर विद्यार्थीको संख्या र गुणस्तर बढाउन तर्फ ध्यान नदिएका कारण पनि अभिभावकको पनि सामुदायिक विद्यालयमा विश्वास गुम्दै गएको आचार्यको अनुभव छ । कास्कीमा ६ सय ३३ सरकारी विद्यालय छन् । ति विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको छ ।

Comments are closed.