पोखरा १५ भाद्र
कास्कीकोटमा यस वर्ष पनि दहि जात्रा तथा कृष्ण रथ यात्रा कार्यक्रमको आयोजना गरीएको छ । आगामी सोमवार दहिको होली खेल्दै कृष्ण रथ यात्रको आयोजना गरीएको आयोजक गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका अध्यक्ष दिलिप विक्रम शाहीले वताउनु भयो ।
धार्मीक संरक्षण गर्दै समितीले दहिको होलीनै खेल्ने गरी विगत पाचँ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनु भयो । भजन चुटका तथा विभीन्न झाकी सहित कार्यक्रममा सहभागी हुन सवैलाई क्षेत्र विकास समितीले आहवान गरेको छ । सहभागी उत्कृष्ठ समुहहरुलाई पुरुस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।
Comments are closed.