जिल्ला समन्वय समिति कास्कीको एक टोलीले
मादी गाउँपालिकामा सञ्चालित विकास निर्माण योजनाको अनुगमन गरेको छ ।
संबैधानिक व्यवस्था अनुसार गाउँपालिका भित्रका संघ, प्रदेश र स्थानीय तहद्धारा
सञ्चालित विकास निर्माका योजनाको अनुगमन गरेको हो ।
निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्राविधि एवम् जनप्रतिनिधिसंग
सञ्चालित योजनाका सम्वन्धमा टोलीका संयोजक एवम् जिल्ला समन्वय समिति
कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी लिनुभको हो ।
योजनामा गुणस्तरीय पहिलो सर्त भएको बताउँदै उहाँले गुणस्तरीयताका
आधारभूत मापदण्ड सम्वद्ध सवै पक्षले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा गाउँपालिका अन्तर्गत संघीय योजना पोखरा १३ कसेरी र मादी ५
जोड्ने विजयपुर खोला माथि ५ करोड ५७ लाख रुपैया र प्रदेशको ६९ लाख रु
पैयामा मादी वडा नं. ३ र ७ जोड्ने मादीनदी माथि ज्याम्दुको पक्कि पुलको
स्थलगत अनुगमन गरिएको हो ।
त्यसगरी अनुगमन टोलीले निर्माणाधीन काहुँखोला सिक्लेस एवम् कसेरी,
भैसे हुँदै पालिकाको केन्द्र जोड्ने याबजाकोट सडक र जिसस मौज्जुदा कोष ६०
प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा ५ करोड १७ लाख ७२ हजार ५०
९ रुपैयाको लागतमा निर्माण भई रहेका ७ वटा वडा कार्यालय भवनको जानकारी
लिएको थियो ।
कोरोना भाइरस (कोभिड—१९) को पैmलिन नदिन घोषित बन्दाबन्दीमा
पनि मादी गाउँपालिकाका अतिकांश विकास निर्माणका योजनाले निरन्तरता पाएको
गाउँपालिकाका अध्यक्ष बेदबहादुर गु्रुब(श्याम) ले जानकारी दिनुभयो ।
बजेट विनियोजन भएपनि समयमा कार्य विधि नबन्ने र झन्झटिलो खरिद
ऐन तथा अप्ठेरो बन नीतिका कारण विकास निर्माण कार्यमा बाधक बन्ने गरेको
उहाँले अनुगमन टोली समक्ष दुखेसो सुनाउनु भयो ।
गाउँपालिकाले भौतिक विकासंगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि
बढेको बताउँदै उहाँले बन्दाबन्दीसंगै कृषकहरुले बाँझो जग्गा जोत्न
थालेपछि लामो समयको अन्तरालमा सवै भन्दा बढी गोरुको खरिद बिक्री भएको
जानकारी गराउनुभयो ।
कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकका प्रत्येक टोलमा निर्माण
गरिएका क्वारेन्टिनमा अहिले भारतबाट आएका १५ जना राखिएको बताउँदै अध्यक्ष
गुरुबले भन्नुभयो क्वारेन्टिनको खाना, विद्युत र खानेपानीको व्यवस्था पालिकाले
गरेको छ भने विस्तारा सम्वन्धित व्यक्तिको घरबाटै ल्याउने व्यवस्था मिलाईएको
छ । १२ वटै वडाबाट संकलित तथ्याङ्क अनुसार गाउपालिकाका दुई हजार एकसय जना
विदेशमा रहेका छन् ।
अनुगमन टोलीमा जिसस उपाध्यक्ष सावित्री भण्डयारी, प्रमुख समन्वय अधिकारी
नवराज बराल लगागयत प्राविधिक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
Comments are closed.