कास्कीको मादी गाउँपालिका ६ मा काँग्रेसको टोल कार्यसमिति गठन

पोखरा,
नेपाली काँग्रेसले कास्कीको मादी गाउँपालिका वडा नं ६ मा टोल कार्यसमिति गठन गरेको छ ।भेलाले चाँसुमा रवी बराल, चिप्लीमा सुक बहादुर गुरुङ, राम्चेमा अनिष ढुङ्गाना, भूमेमा उत्तरसिंह गुरुङ, सयपत्रीमा गणेश गुरुङ र सजुक भेडीखर्कमा रमेश अधिकारी क्षत्रीको अध्यक्षतामा टोल समिति गठन गरेको हो ।
नेपाली काँग्रेस कास्कीको माघ ८ गतेको बैठकले जिल्लाका सबै वडामा टोल समिति गठन गर्ने निणर्य अनुसार सो वडामा पनि गठन गरिएको हो ।
समिति गठनका लागि नेपाली काँग्रेसका सहसचिव नवीन सिग्देलको नेतृत्वमा प्रदेश अधिवेशन प्रतिनिधि सरिता कार्की लोभिसा, युवा नेता विशाल गुरुङको टोली पुगेको थियो ।
टोलहरुमा आयोजित भेलामा बोल्दै कास्की काँग्रेसका सहसचिव नवीन सिग्देलले काँग्रेस टोल टोलमा पुग्दा जनतामा खुशी छाएको बताउनुभयो । उहाँले पार्टीको भविष्य सम्पूणर् कार्यकर्ताको काँधमा रहेकाले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश अधिवेशन प्रतिनिधि सरिता कार्की लोभिसाले काँग्रेसले मात्रै जनताको हित गर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुक र जनताको भविष्यका लागि काँग्रेसलाई साथ दिन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं ६ का वडा कार्यसमिति सभापति भिमप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अधिवेशन प्रतिनिधि खिम जिसी, अग्रज नेता नन्दराज गुरुङ, युवा नेता विशाल गुरुङ, क्षेत्रीय प्रतिनिधि सुरेन्द्रजंग क्षेत्री र इकाइ सचिव सन्तोष गुरुङले बोल्नुभएको थियो ।

Comments are closed.