कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवशका अवसरमा विभिन्न सांस्कृतीक कार्यक्रम गर्ने

कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

गाउँपालिकाले यहि फागुन २३ गते देखि अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युवाहरुलाई खेलकुदको माध्यमद्वारा शारिरिक, मानसिक र व्यक्तित्व विकासको लागि भलिबल प्रतियोगिता, लोप हुन लागेका विभिन्न जातजातीहरुको संस्कृती संरक्षण गर्ने उद्देश्यका साथ झाँकी प्रदर्शन प्रतियोगिता र माला प्रतियोगिता राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्थापना दिवस अन्तरगतको कार्यक्रमहरु फागुन २७ गतेसम्म सञ्चालन हुनेछ ।

भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद रु १ लाख २५ हजार, दोस्रो हुने टिमले नगद रु ८० हजार र तेस्रो हुने टिमले नदग रु ५० हजार प्राप्त गर्नेछन् । साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट ७ विधा तर्फ पनि नगद पुरस्कार राखिएको छ । त्यस्तै झाँकी प्रदर्शन प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३० हजार, दोस्रो हुने टिमले नगद रु २० हजार, तेस्रो हुने टिमले नगद रु १० हजार र सान्त्वना हुने टिमले नगद रु ५ हजार प्राप्त गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यसैगरि माला प्रतियोगिता तर्फ प्रथम हुनेले नगद रु ६ हजार ६ सय ६७, दोस्रो हुनेले नगद रु ४ हजार र तेस्रो हुनेले नगद रु २ हजार ६ सय ६७ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

स्थापना दिवसका अवसरमा हुने विविध कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गराउन लालसुब्बा गुरुङको मुल आयोजक समितिसँगै विभिन्न उपसमिति गठन गरिएको छ ।गाउँपालिकाले २०७५ सालदेखि निरन्तर आफ्नो स्थापना दिवसका अवसरका भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन र माला प्रतियोगिता गर्दै आइरहेको छ ।

Comments are closed.