पोखरा, बैशाख १३
कास्कीको लाहाचोक गाबिसमा पनि घरहरु भत्कीएको खबर प्राप्त भएको छ ।
लाहाचोकको पौडेल थरका घरहरु भत्किएको स्थानिय पुमा पौडेलले जानकारी दिनुभएको छ । यो ग्राण्डीमा कार्यरत नेपालकै टप न्युरो चिकित्सक डाक्टर राजु पौडेलको गाउँ हो ।
अहिले सम्म त्यहाँ कसैले पनि सहयोग गर्न गएका छैनन् । बुढापाकाहरु र केटाकेटी धेरै भएकाले, पुर्नस्थापनामा समस्या परेको छ ।
हिजो अलि अलि चर्किएका घरहरु आज आएको भुकम्पले क्षतीग्रस्त भएका घरहरु आज आएको भुकम्पले क्षतीग्रस्त भएका छन् । मानिसहरु पाल टाँगेर खेतमा आश्रय लिएर बसेका छन् ।
भुकम्पले लाहाचोकका करिब पचास वटा घर भत्कीएका छन् ।
Comments are closed.