जेठ २२ गते-
कास्कीको लेखनाथ नगरपालिकामा करिब १ दर्जन सकेट बम भेटिएको छ । लेखनाथ–१ मुसिटुँडामा सकेट बम भेटिएको छ
सेती नदीको किनारमा स्काभेटरले गिट्टी बालुवा निकाल्ने क्रममा स्थानीय बासिन्दाले बोराभित्र पोको पारिएको अवस्थामा सकेट बम फेला पारेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।
द्धन्द्धको क्रममा जमिनमुनि लुकाईराखेको बम अहिले उत्खननका क्रममा भेटिएको हुनसक्ने प्रहरीको अनुमान छ । बम भेटिएको खबर पाएलगत्तै पोखराबाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
त्यहाँ थप बम हुनसक्ने आशंकामा खोजीकार्य र भेटिएको बम डिस्पोज गरिने प्रहरीले बताएको छ ।
Comments are closed.