कास्कीमा अपराधिक घटना घट्दो दरमा !

आर्थिक लेनदेनका घटनामा भने बृद्धि !

 

चीरञ्जीवी पौडेल

पोखरा–१, चैत्र
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गत ३ महिनामा भए गरेका अपराधिक गतिविधिहरुको बारेमा जानकारी गराएको छ । अघिल्ला महिनाको तुलनामा फागुन महिनामा बैकिङ कसुर अर्थात चेक दिएर पैसा नसाटिएको (चेक बाउन्स) मुद्धा १३ वटा दर्ता भएका छन् ।
पछिल्लो ३ महिनाको तुलनामा फागुन महिनामा सबैभन्दा बढी बैकिङ कसुर मुद्धा दर्ता भएका छन् । त्यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताका विरुद्धको कसुर, अभद्र व्यवहारमा ७२, लागु औषधमा १५, जबरजस्ती करणीमा १२, किर्तेमा १, चोरीमा ५, बहुविवाहमा ३, ठगीमा ५, सवारीबाटा अङ्गभङ्ग १, जुवा ३, बाल दुव्र्यहार १, सवारी ज्यान ६, अप्राकृतिक मैथुन १, फुटकर ज्यान ६, भवितव्य ज्यान ६ र झुन्टी आत्महत्यामा ७ वटा गरी कुल १५९ वटा मुद्धा जिल्ला प्रहरी कास्कीमा दर्ता भएको कुरा कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रत्रकार सम्मेलनमा जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएका मुद्धा मध्ये मंसिर महिनाको तुलनामा २० प्रतिशतले बुद्धि भएको देखिन्छ भने पौष भन्दा माघमा ६६.६७ प्रतिशतले बुद्धि भएको देखिन्छ । तर यही दर फागनु महिनामा आएर ५० प्रतिशतले कमि भएको जिल्ला प्रहरीका कार्यलय कास्कीले जनाएको छ ।
यसैगरी कास्की प्रहरीको पहलमा ९ जना फरार अपराधी प्रक्राउ गरी रु. १ लाख १९ हजार जरिवाना तथा ८ वर्ष २ महिना १२ दिन कैद फैसला कार्यान्वयन भएको पनि जिप्रका कास्कीले जनाएको छ । त्यस्तै लागु औषधमा पौष महिना भन्दा माघ महिनामा १६.६७ प्रतिशतले कमी भएको र फागुनमा आएर २५ प्रतिशतले कमी भएको जानकारी कास्की प्रहरीले दिएको छ । ट्राफिक कसुरमा फागुन महिनामा मात्र ६२ सय कारवाहीमा परेका छन् । त्यस्तै चोरीका घटनामा माघ महिना भन्दा फागुन महिनामा ५० प्रतिशतले कमी आएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए । त्यस्तै गत श्रावण महिना देखि हराएर रिर्पोट आएका मध्ये ९० लाख रुपैया मुल्य बराबरमा मोबाइल सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरिएको जानकारी गराइयो । कार्यक्रममा प्रहरी प्रमुख कार्कीले प्रहरीले हुने कामलाई हुन्छ र नहुने कामलाई तुरुन्त नो भन्नुपर्ने बताउतै शान्ति सुरक्षामा कास्की प्रहरी सक्षम रहेको विश्वास व्यक्त गरे ।

कास्कीमा बैङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा वृद्धि


बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसार आफ्नो खातामा रकम नभएको जानीजानी चेक काटी दिनु हुँदैन कसैले त्यस्तो कार्य गरेमा दफा १५ (१) अनुसार दोषीलाई विगो भराइ विगो बराबर जरिवाना र ३ महिना सम्म कैद हुने व्यवस्था छ । यस्तौ कार्य नगर्न जिप्रका कास्कीबाट समय समयमा सूचना समेत जारी गरिएकोमा पनि बैङकिङ सम्बन्धि मुद्धाको संख्या बढ्नु आम नागरिकले यसबारेमा गम्भिर भएर नसोच्नुको परिणाम भएको कास्की प्रहरी प्रमुख कार्कीले बताए ।
बैङकिङ कसुर सम्बन्धी मुद्धा दिने व्यवस्था २०७६ श्रावण १३ गतेबाट दर्ता रोकिएको र कार्तिक १७ गतेबाट पून शुरु भएको थियो । तर शुरु भएको छोटो समयमा पनि ७५ वटा मुद्धा दर्ता भइसकेका छन् । जसमा २३ पुरुष र ८ महिला पक्राउ परेका छन् भने ३५ पुरुष र ९ महिला फराहार भएका छन् । त्यस्तै बैङ्किङ कसुर तथा ठगी मुद्धामा हाल जि.प्र.का कस्कीमा २७ वटा मुद्धा दर्ता हुने प्रक्रियामा छन् । मुद्धा दर्ता भएपछि पैसा तिरेर पनि छुटकारा नपाइने भएकोले यस्ता कारोबारीले समयमै विचार पु¥याउनु पर्ने प्रहरी प्रमुख कार्कीले बताए ।

पुलिस अफ द मन्थ’
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा संचालन गरिएका विभिन्न अपराध नियन्त्रण सम्बन्धी कार्यक्रममा उलेखनीय भूमिका खेलेका प्रहरीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट प्रहरी सेवा गरे बापत प्रहरी जवान ईश्वर खनाल र प्रहरी जवान चित्र कुमारी कुँवर ‘पुलिस अफ द मन्थ’ पुरस्कारबाट सम्मानित भएका छन् ।

त्यस्तै उत्कृष्ट प्रहरी सेवा गरेबापत पुरस्कृत हुनेहरुमा प्र.नि. नरहरी अधिकारी, प्र.नि. ई. दिपेक के.सी. ट्राफिक प्रहरी मेगनाथ पौडेल र प्र.ज. सन्तोष कुमार ठाकुर, प्र.ज. हुम बहादुर देवकोटा प्र.ज. रमेश नेपाली र प्र.ज. किशोर अधिकारीलाई नगद पुरस्कार सहित पुरस्कृत गरियो । त्यसै गरी १८ जना पद बढुवा भएका प्रहरीहरुलाई कास्की प्रहरी प्रमुख दानबहादुर कार्की, प्रहरी नायब उपरिक्षक राजकुमार के.सी. र प्रहरी निरिक्षक चन्द्रा गुरुङले संयुक्त रुपमा दर्जानी चिन्ह प्रदान गर्नुका साथै नयाँ जिम्मेवारीका लागि तयार रहन सुझाव दिए । यसैगरी फागुन महिनामा ३ जना प्रहरी हवल्दार र २ जना प्रहरी जवान कारवाहीमा परेका छन् ।

 

Comments are closed.