कास्कीमा कक्षा ११ को भर्ना शुल्क १२५ मात्र लिने सहमति

पोखरा, ९ असार / कक्षा ११ मा भर्ना फारम र प्रवेश शुल्क मनपरी रुपमा असुल्दै आएका विद्यालयहरुले अन्ततः उच्च मा.वि शिक्षा परिषदको परिपत्र अनुसार १२५ भन्दा धेरै नलिने सहमति गरेका छन् । कास्कीका क्रियाशिल ६ विद्यार्थी संगठन र हिसान कास्कीबीच भएको सहमतिमा विद्यार्थीहरुबाट फर्म शुल्क २५ र भर्ना शुल्क १०० गरी १ सय २५ लिने सहमति भएको बताइएको छ ।

यसअघि १ सय २५ भन्दा धेरै शुल्क लिइएका विद्यार्थीको पैसा असार २५ भित्र फिर्ता गर्ने सहमति भएको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए । यसैबीच बुधबार भएको सहमति पूर्णरुपमा कार्यान्वयन भए नभएको अनुगमन गरीने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज केसीले जानकारी दिए । उनले कास्कीका अधिकांश विद्यालयमा भएको अनियमित रुपमा शुल्क लिने विषयमा पनि आफुहरुले अनुगमन गर्ने बताए ।

कास्कीबाट सुरु भएको थ्रि एम लागु गराउने विषय अझै कडाइका साथ लागु गराउने अनेरास्वीयुका अध्यक्ष शेखर गौतमले बताए । यस्तै उच्च मा.वि. शिक्षा परिषदबाट सिफारिस भई आउने ३ प्रतिशत र विद्यालयले प्रदान गर्ने २ प्रतिशत छात्रवृत्ति सुनिश्चित गराइने अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णराज दाहालले बताए ।

हिसान कास्की र ६ विद्यार्थी संगठनहरुबीच फारम र प्रवेश शुल्क गरी १२५ लिने, यसअघि लिइएको बढी शुल्क फिर्ता गर्ने, विद्यालयमा मेरीट लिष्टको आधारमा २ र ओइटिङ लिष्टको आधारमा १÷१ दिन गराउने, भर्ना शुल्क, मासीक शुल्क केन्द्रीय प्राविधिक टिमको सिफारीसको आधारमा लिने, फरक समयमा प्रवेश परिक्षा लिने, विद्यायलयमा थ्रि एम कडाइका साथ लागु गरीने लगायतका सहमति भएका छन् ।

Comments are closed.