कास्कीमा पचास प्रतिशत रोपाईं

 पोखरा २६ असार । असार महिनाको चौथो हप्ताको अन्त्य हुन लाग्दासम्म कास्कीमा ५० प्रतिशतमात्रै रोपाइँ सकिएको छ ।नहर लाग्ने अधिकांश ठाउँमा रोपाईं गर्ने काम सकिन लागे पनि आकाशेपानीको भर पर्ने ठाउँमा भने अभैm रोपाइँ हुन सकेको छैन । कम वर्षा भएकाले किसान रोपाईं गर्न नपाउँदा चिन्तित देखिएका छन् । धानको ब्याडमा राखेको बीउ बूढो भइसकेकाले कहिले वर्षा हुन्छ भनेर किसान आकाशतिर हेर्ने गर्छन् ।

नहरबाट सिँचाइ लाग्ने बिरुवा, कुँडहर, लेखनाथ, पामे, ठूलाखेत, अर्मला, भलाम, शिशुवा, आर्वा, हेम्जा, पस्र्याङ, भरतपोखरी र सार्दीखोलाका फाँटमा भने झन्डै ८० प्रतिशतसम्म रोपाइँ भएको छ । गतवर्ष जिल्लामा धान उत्पादनमा ५.१५ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले बताए ।

जिल्लाका ४३ गाविस र दुई नगरपालिकामा ८३.४५६ मेट्रिक टन धान उत्पादन भएको थियो । गतवर्ष जिल्लामा ७९.२५६ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा यसवर्ष बर्र्खे धान २५.५० हेक्टर र चैते धान ४५० हेक्टर क्षेत्रफलमा रोपिने कार्यालयले जनाएको छ । धेरैजसो ठाउँमा चैते र बर्र्खे धान लगाउने गरिएको छ ।

समयमै रासायनिक मल पाइनु, धान रोप्ने समयमा वर्षा हुनु, हुरी बतास र असिना नपर्नु, बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नभएकै कारण गत वर्ष धान उत्पादनमा वृद्धि भएको बताइएको छ । किसानले जेठो बुढो, गुर्दी, मन्सरा, पहेले, मन्सुली, खुमल, माछापुच्छ«े र राधा ७ र ९ जातको धान लगाउने गरेको पाइन्छ ।

कास्कीको शिशुवा, लेखनाथ, पामे, ठूलाखेत, कुडहर, बिरुवा, अर्मला, भलाम, आर्वा, हेम्जा, पस्र्याङ, भरतपोखरीका ठूला फाँटहरुमा धानखेती गरिने गरिन्छ । जिल्लाका सबै गाविस र नगरपालिकामा धानखेती गरिने कार्यालयले जनाएको छ

Comments are closed.