अमृत सुवेदी
पोखरा १ फागुन । कास्की लेखनाथ–८ अधिकारी टोलका खेमनाथ अधिकारीलाई पहिले गाईमा गर्भाधान गराउन साँढे खोज्दै हिड्न हैरान हुन्थ्यो । भनेको समयमा साँढे नपाउने र जान आउनका लागि पनि खवै समस्या खेप्नुपथ्र्यो । तर, केही बर्ष यता उनको यस्तो समस्या टरेको छ । गोठमै आएर पशु प्राविधिकद्वारा गाईमा कृतिक गर्भाधान गराउन मिल्ने भएपछि उनलाई धेरै कुरामा राहत मिलेको हो । गाईमा जर्सि तथा होलिस्टिन साँढेको विर्यवाट गराइएको कृतिम गर्भाधानले उनलाई धेरै कुरामा फाइदा पुगेको छ । दुई बर्ष अघि मात्र भैंसी पालन पनि सुरु गरेका अधिकारीले गएको बर्ष जिल्ला पशु सेवा कार्यालय कास्कीको सुझावमा नौ वटा भैंसीमा कृतिम गर्भाधान गराए । यो पुरै सफल भयो । उनले यो बर्ष ८ वटा भैंसीमा कृतिम गर्भाधान गराएका छन् । अधिकारी भन्छन्,‘पहिले धेरै झन्झट हुन्थ्यो । अहिले कृतिम गर्भाधान गराउन सुरु गरेदेखि सजिलो भएको छ । खर्च कम लाग्ने, उत्पादन पनि धेरै दिने ।’ आठ÷दश बर्ष पहिले एकदुई वटा मात्र गाई पालेका अधिकारीले ४ बर्षदेखि व्यावसायिक रुपमै गाइभैंसी पालेका छन् ।
१५ हजार गाईभैंसीमा कृतिम गर्भाधान
सजिलो र उत्पादन पनि बढी
खर्च पनि कम लाग्ने भएपछि किसान आकर्षित
यस्तै अनुभव सिद्धार्थ चोक नजिकै व्यावसायिक गाई पालन गरेका घनश्याम तिमिल्सिनाको पनि छ । बाहिर खाजेर गाईमा साँढे लगाउँदा धेरै दुःख र खर्च पनि धेरै लाग्थ्यो । उनलाई गाईमा गराएको कृतिम गर्भाधान ८० प्रतिशत भन्दा धेरै सफल भएजस्तो लाग्छ । तिमिल्सिनाले भने,‘पहिले बाहिर साँढे खोजेर गाईमा गर्भाधान गराउँदा कम दुध दिने, जन्मेका बच्छाबाच्छी छिटो नबढ्ने जस्ता समस्या देखिए । जर्सि तथा होलिस्टिन साँढेको विर्यबाट गाईमा गराइएको कृतिम गर्भाधानले साँच्चिकै उन्नत जातकै बाच्छाबाच्छी र दुध पनि धेरै दिएको पाँए ।’ उनले अहिले ६० वटा गाई पालेका छन् ।
बाहिर साँढे तथा राँगो मार्फत गर्भाधान गराउँदा एक हजरदेखि १५ सय रुपैयाँसम्म लाग्ने किसानहरु बताउँछन् । ‘पशुमा कृतिम गर्भाधान गराउन किसानका लागि पनि सस्तो र झन्झट हुँदैन’ पशु विकास अधिकृत पाण्डेले भने,‘ कृतिम गर्भाधानले नश्ल सुधार समेत हुने भएकाले उत्पादन पनि बढी हुनसक्छ ।’
कास्कीमा पछिल्लो समय गाईभैंसीमा गराईएको कृतिम गर्भाधान प्रभावकारी बन्दै गएको जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु विकास अधिकृत शम्भु पाण्डेले बताए । कृतिम गर्भाधानका लागि पशु प्रजजन केन्द्र, पोखरा मै पनि साँढे र मुर्रा राँगोको विर्य उत्पादन गरी वितरण गर्ने गरिएको छ । न्यूजिल्याण्ड तथा अमेरिकाबाट समेत पोखरामा ल्याई वितरण गरिएको जर्सी तथा होलिस्टिन साँढेको विर्यद्वारा गर्भाधान गराईएका गाईमा पनि कृत्रिम गर्भाधान प्रभावकारी बनेको हो । कृतिम गर्भाधान गराउन कार्यालयमै पशु लिएर आउँदा २५ रुपैयाँ र किसान कै गोठसम्म प्राविधिक जाँदा न्यूनतम सेवा शुल्क लिने गरिएको छ । बाहिर साँढे तथा राँगो मार्फत गर्भाधान गराउँदा एक हजरदेखि १५ सय रुपैयाँसम्म लाग्ने किसानहरु बताउँछन् । ‘पशुमा कृतिम गर्भाधान गराउन किसानका लागि पनि सस्तो र झन्झट हुँदैन’ पशु विकास अधिकृत पाण्डेले भने,‘ कृतिम गर्भाधानले नश्ल सुधार समेत हुने भएकाले उत्पादन पनि बढी हुनसक्छ ।’कास्कीमा पुस मसान्तसम्म १५ हजार पशुलाई गर्भाधान गराइएको कार्यालयको तत्थ्याङ्क छ । ‘१८ हजार पुर्याउने कार्यालयको लक्ष्य हो ।हामी लक्ष्य भन्दा माथि हुनेछौं’ अधिकृत पाण्डेको विश्वास छ ।
कास्कीमा सबैभन्दा धेरै भरतपोखरी, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, घाचोक, अर्मला लगायतका ठाउँका किसानले बढी गाईभैंसीमा गराइने कृतिक गर्भाधानबाट लाभान्वित भएका छन् भने टाढाटाढाका किसान समेत सल्लाह र सुझावका लागि आउन थालेका छन् । ‘पहिले कृतिम गर्भाधानले गाईभैंसीमा बाँझोपन बढ्छ, उत्पादन घट्छ भन्ने किसानलाई लागेको थियो । अहिले चेतनाको विकास हुँदै गएको छ’ अधिकृत पाण्डेले भने । पशुमा कृतिम गर्भाधान गराउँदा के फाइदा हुन्छ त ? अधिकृत पाण्डे भन्छन्,‘कृतिम गर्भाधानबाट समय, पैसा, पशु रोगबाट समेत बाचाउन सकिन्छ ।’ कृतिक गर्भाधान गराउँदा पहुमा बाँझो पन छ भने समय मै पत्ता लगाउन सकिने, पशु यौनजन्य रोग नलाग्ने, पशुको नश्ल सुधारका कारण उत्पादन पनि बढी लिन सकिने विज्ञहरुको भनाई छ ।
Comments are closed.