पोखरा हटलाईन
७ भदौ,पोखरा
गत भदौ २ गतेदेखि कास्कीमा जारी निषेधाज्ञा पाँच दिन थप गरिएको छ । अब भाद्र १२ गतेराती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी रहने भएको छ । जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ ।निस्चित कर्मचारी सहित सरकारी कार्यालय,बैक र निर्माण सामग्रीका पसल साझ ५ देखि ७ बजेसम्म खाेल्न पाइने भएको छ ।
अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णण भएको छ।पछिल्ला दिनमा ट्राभल हिस्ट्री भएकाहरूमा संक्रमण भेटिएको छ । समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा राख्नुपर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘समुदायमा संक्रमण बढिरहेको छ । चाडवाड नजिइरहँदा बजारमा चहलपहल बढिरहेको छ । यस्तो हुँदा संक्रमणको अझ जोखिम बढ्ने भएकाले निषेधाज्ञा जारी नै गर्नुपर्यो,’ मेयर जिसीले भने ।
Comments are closed.