चिनको हुवान प्रान्तमा पहिलो पटक देखा परेको कोरना भाईरस हाल बिश्व भरी महामारीको रुपमा फैलिइरहेको कारण राज्यले नै बिपतको रुपमा लिई यसबाट बच्न तथा बचाउन सर्वसाधारणहरुलाई भेला जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गर्दै देश नै लक डाउन गर्ने सम्मको नीति अबलम्वन गरी रहेको छ। महामारीको अबस्थामा केही घरवार बिहीन बेवारिसे बृद्धबृद्धाहरु लाई जिल्ला प्रहरी कार्यालय, कास्की को टोलिले उद्दार गरी बुधवार मानब सेवा आश्रम पोखरा पठाएको छ ।जिल्लाका बिभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा बृद्धबृद्धाहरु भेटिएको र उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएका ५ (पाँच) जना बृद्धबृद्धाहरु (३ जना पुरुष र २ जना महिला)लाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय, कास्की को बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
Comments are closed.