कास्की ११ बैशाखः अन्दाजी १२ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका–१४ काजिपोखरी स्थित बिरेन्द्रचोकबाट सवारी दुर्घटना भएको छ ।काजीपोखरीतर्फ जाँदै गरेको ग ६ प २०८५ नं.को स्कुटरले ऐ. दिशातर्फ जाँदै गरेको ग १५ प ६९४५ न.को स्कुटरलाई ठक्कर दिँदा सो घटना भएको हो ।घटनामा ग ६ प २०८५ नं.को स्कुटर पछाडी सवार जिल्ला कास्की पोखरा महानगरपालिका–१४ काजीपोखरी बस्ने वर्ष १३ को एलन मगर घाइते भई उपचारको लागि अस्पताल पठाइएको र उनको अवस्था मध्यम रहेको बताईएको छ ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीस्रोतले जानकारी गराएको छ ।
Comments are closed.