कास्की २६ चैत्र– विहिबार बिहान करिब ११ः१० बजेको समयमा पोखरामहानगरपालिका–३० शिशुवा चोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।बेगनासबाट शिशुवातर्फ आउदै गरेको ग १ ज २२५८ नं.को ट्याक्सीले ऐ. दिशातर्फ जादै गरेको ग १२ प४७०७ नं. को स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भई उक्त स्कुटर बिपरित दिशातर्फ जादै गरेको ग १ त ४३०४ नं. को ट्याक्टरमा ठक्कर खान जादा स्कुटरमा सवार ऐ.३१ भञ्ज्याङ बस्ने वर्ष ६५ को सोमराज सापकोटाको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएको हो ।घटना पश्चात घटनास्थलमा प्रहरीटोलि गई ट्याक्टर चालक,ट्याक्सी चालक र तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
Comments are closed.