पोखरा, १६ कात्तिक
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुने क्षेत्रीय प्रतियोगिताको लागि कास्की जिल्ला खेलकुद विकास समितिले आइतबार सितेरियो कराँते खेलका खेलाडी छनोट गरेको छ । । छनोट अन्तर्गत पोखरा रगंशालामा भएको पुरुष खेलमा महिला ६१ केजीमा रेनु पुन, ४५ केजीमा सम्झना शाही, ५० केजीमा सपना शाही र ५५ केजी तौलमा पवित्रा वि.क छनोट भएका छन् ।
त्यस्तै पुरुष तर्फ ५० केजीमा लुकमान गुरुङ, ५५ केजीमा कृष्ण के.सी, ६० केजीमा तिलक पुन, ६७ केजीमा दिपक पुन, ७५ केजीमा कृष्ण तामाङ, ८४ केजीमा विवेक क्षेत्री र ८४ केजीमै जीवन मल्ल छनोट भए । यता पुरुष एकल कातामा विष्णु नेपाली र महिला एकल कातामा विमला नेपाली छनोट हुन सफल भए भने टिम काता पुरुषमा विष्णु नेपाली, तिलक पुन र पुजन नेपाली छनोट हुदाँ महिला टिममा बिमला नेपाली, अनिता थापा र रोशनी पुन छनोट भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
छनोट खेलको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्क्षय खगराज पौडेल, जिल्ला अध्यक्ष यामबहादुर गुरुङ र कोषाध्यक्ष दिपकबहादुर गोदारको उपस्थिति रहेको थियो ।
राष्टिय प्रतियोगितामा सहभागि ३५ खेल मध्य कास्कीले कुस्ती बाहेक ३४ खेलमा सहभागिता जनाउने छ । जिल्लामा छनोटमा विजेता खेलाडीले क्षेत्रीय छनोटमा सहभागिता जनाउन पाउने छन् ।
Comments are closed.