अमृत सुवेदी/ कास्कीमा व्यवसायिक कृषिमा आकर्षण बढ्दै गएको भएपनि खाद्य सुरक्षा भने अझै पुग्न सकेको छैन् । कास्कीका सर्वसाधरण अझै बाहिरवाट आउने खाद्यन्य, तरकारी तथा फलफुलमै निर्भर छन् ।
कास्कीका युवा कृषक र व्यावसायिक रुपमा अघि बढेका कृषकहरुमा कृषि उत्पादनमा खास गरी, तरकारी, ट्राउट माछा, कार्प माछा, कफि, अदुवा, र फुल खेतिमा आकर्षण बढेको छ । खाद्य सुरक्षामा कास्की न्यून रहेता पनि पहुँचको आधारमा भने सुरक्षित रहेको कृषि कार्यालय बताउँछ । तरकारीमा बाहिरी जिल्लावाट आयात गर्नुपर्ने अवस्थामा मौषमी उत्पादनले यस जिल्लाका उपभोक्ताको ६० प्रतिशत माग धानेको छ ।
कास्कीको उत्पादनमा निर्भर रहने हो भने अझै बर्षेनी १४ हजार ९ सय ४८ मेट्रिकटन खाद्यन्यको अभाब व्यहोर्नुपर्ने देखिएको छ । कृषि कार्यालयको तत्थ्याङ्क अनुसार कास्कीमा ६८ हजार ३ सय ८० हेक्टर जमिनमा अन्नबाली लगाइन्छ । यहाँको माग धान्नका लागि १ लाख १ हजार ६ सय मेट्रिकटन खाद्यन्यको आवश्यकता पर्छ तर गत बर्षको आँकडा अनुसार ८६ हजार ६ सय ५२ मेट्रिकटन खाद्यन्य उत्पादन हुने गरेको छ । यस बर्ष मकै, कोदो र धानमा कुनै दैवी प्रकोप नपरेमा दशदेखि १५ प्रतिशत बृद्धि भई गत बर्षको भन्दा उत्पादन ५० प्रतिशत मात्र कम हुने बताइएको छ ।
पछिल्लो क्रममा कास्कीमा व्यवसायिक तरकारी खेति गर्ने कृषकहरु बढेका छन् । सरकारले व्यावसायिक तरकारी खेतिमा विभिन्न कार्यक्रम ल्याएपछि यस कार्यक्रमवाट व्यवसायिक रुपमा तरकारी खेति गर्नेहरु पनि थपिएको कृषि कार्यलयको भनाई छ । कास्कीमा २५ सय ९० हेक्टरमा तरकारी खेति हुने गरेको छ । यसमा व्यवसायिक तरकारी खेती कार्यक्रम मार्फत कम्तीमा पाँच रोपनीका दरले १ सय ९० जना थपिएका छन् । गत बर्षको तत्थ्याङ्क अनुसार कास्कीमा ४५ हजार ५ सय १९ मेट्रिकटन तरकारी उत्पादन भएको थियो।
तर, अझै ९ हजार ५ सय ७८ मेट्रिकटन तरकारी बाहिरवाट ल्याउनुपर्ने अवस्था रहेको छ । यसैगरी फलफुल उत्पादनमा पनि बाहिर जिल्लामा नै निर्भर रहनुपरेको छ । कास्कीमा १२ हजार ९ सय १९ टन फलफुल नेपालका विभिन्न ठाउँ तथा भारत र चाइनावाट आयात गर्नुपरेको छ । पछिल्लो समय खास गरी विदेशवाट फर्केका र विदेश जान तयार रहेका युवा स्वरोजगारी भई स्थायी रुपमा व्यवसायिक रुपमा तरकारीमा उत्पादनमा लाग्ने कास्कीमा बढ्दै गएका छन् ।
कार्यालयका अनुसार व्यावासायिक कृषिमा यसरी नै आकर्षण बढ्दै जाने हो भने कास्की स्वनिर्भर बन्न सक्छ । कृषि विकास अधिकृत रमेशप्रसाद कोइराला भन्छन्–‘अपेक्षाकृत रुपमा उत्पादन हुन सकेको छैन् । खाद्य उत्पादनमा केही कमी भएता पनि तरकारी उत्पादनमा उल्लेख्य रुपमा बृद्धि भएको छ ।’ युवा पलायन हुने क्रम बढीरहेता पनि कास्कीका युवायुवति व्यावसायिक तरकारी खेतिप्रति आकर्षित भई सफल कृषक बन्ने बाटोमा अग्रसर रहेको उनको भनाई छ ।
Comments are closed.